जीवन बीमा कम्पनीले एजेन्ट कमिसनमा खर्चिए १५ अर्ब, नेपाल लाइफसहित ५ कम्पनीले घटाए



काठमाडौं । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा अभिकर्ता कमिसनका लागि १५ अर्ब १४ करोड ४० लाख ८४ हजार रूपैयाँ खर्च गरेका छन् ।

अघिल्लो आवको तुलनामा अभिकर्ताले पाउने कमिसन ६.२२ प्रतिशतले बढेको हो ।

अघिल्लो आवमा कम्पनीहरूले १४ अर्ब २५ करोड ७३ लाख रूपैयाँ खर्च गरेका थिए ।

गत आवमा नेपाल लाइफ, प्राइम लाइफ, गुराँस लाइफ, यूनियन लाइफ, राष्ट्रिय बीमा संस्थानले अभिकर्तालाई दिने कमिसन घटाएका छन् भने अरू सबै कम्पनीले अभिकर्ता कमिसन शीर्षकमा हुने रकम बढाएका छन् ।

नेपाल लाइफको ०.७४ प्रतिशत, मेट लाइफको ३०.८१ प्रतिशत, प्राइम लाइफको ३.७८ प्रतिशत, गुराँस लाइफको ३१.०५ प्रतिशत र यूनियन लाइफको ३.८८ प्रतिशतले अभिकर्ता कमिशन घटेको हो ।

यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब ५२ करोड ९९ लाख १३ हजार रूपैयाँ कमिसन दिएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ०.७४ प्रतिशतले कम हो ।

गत आवको सोही अवधिमा नेपाल लाइफमा आवद्ध भएका अभिकर्ताले कमिसनवापत ३ अर्ब ५५ करोड ६३ लाख ८ हजार रूपैयाँ बुझेका थिए ।

लाइफ इन्स्योरेन्स कर्पोरेसनले अभिकर्ताका लागि १ अर्ब करोड ६९ लाख रूपैयाँ कमिसन दिएको छ ।

यस कम्पनीको पनि अभिकर्ता कमिसन गत वर्षको यसै अवधिको तुलनामा ०.४१ प्रतिशतले बढेको हो । अघिल्लो आवमा कम्पनीले अभिकर्ताका लागि १ अर्ब ६८ करोड रूपैयाँ कमिसन दिएको थियो ।

यूनियन लाइफले अभिकर्ता कमिसन शिर्षकमा १ अर्ब १६ करोड रूपैयाँ, प्राइम लाइफले ४१ करोड ४०६ लाख रूपैयाँ, गुराँस लाइफले ३१.०५ ३६ करोड ८३ लाख रूपैयाँ र राष्ट्रिय बीमा संस्थानले १८ करोड ६० लाख रूपैयाँ खर्च गरेका छन् ।

१४ कम्पनीले भने अभिकर्ता कमिसन शिर्षकमा हुने रकम बढेको छ । नेशनल लाइफको १४.१० प्रतिशतले बढेर १ अर्ब ५२ करोड १९ लाख रूपैयाँ, एशियन लाइफको १६.२३ प्रतिशतले बढेर ८२ करोड ६७ लाख रूपैयाँ, सूर्या लाइफको २७.७० प्रतिशत, सिटिजन लाइफको ३१.३३ प्रतिशत, रिलायबल नेपाल लाइफको ३४.९१ प्रतिशत, रिलायन्स लाइफको १०.९५ प्रतिशत, आईआएमई लाइफको ६.१४ प्रतिशत, सन नेपाल लाइफको १५.८४ प्रतिशत, सानिमा लाइफको १०.७३ प्रतिशत, प्रभु लाइफको ८०.२९ प्रतिशत, महालक्ष्मी लाइफको २४.१३ प्रतिशत र मेट लाइफको ०.९० प्रतिशतले बढेको छ ।

बीमा कम्पनी र बीमितबीचका बीचमा मध्यस्थकर्ताका रूपमा काम गर्ने व्यक्ति बीमा अभिकर्ता हुन् । बीमा अभिकर्ताले बीमा कम्पनीको तलबी कर्मचारी नभई कमिसनको आधारमा बीमा कम्पनीको तर्फबाट गर्छन् ।

बीमा नियमावली, २०४९ मा अभिकर्ताले पाउने कमिसनको व्यवस्था गरिएको छ । सावधिक जीवन बीमा (बालबच्चाको शिक्षा तथा विवाह सावधिक जीवन बीमासमेत) अन्तर्गत २० वर्षे वा बढीको अवधिको लागि पहिलो, दोस्रो र तेस्रो वर्षसम्म २५ प्रतिशत र चौथो वर्ष २० प्रतिशत र पाँचौँ वर्ष ५ प्रतिशत कमिसन पाउँछन् । बीमा योजना र अवधिअनुसार अभिकर्ताहरूले कमिसन पाउँछन् ।


क्लिकमान्डु