डिजी पेका ग्राहकले स्टार हस्पिटलमा उपचार गर्दा सहुलियत पाउने



काठमाडौं । भुक्तानी सेवा प्रदायक डिजी पेका ग्राहक र यसका व्यवसायीक पार्टनरहरुले लिलितपुरको स्टार हस्पिटलमा उपचार गराउँदा सहुलित पाउने भएका छन् ।

डिजी पेले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत स्टार हस्पिटलसँग सहकार्य गर्ने सम्झौता गर्दै उक्त सुविधा पाउने घोषणा गरेको छ ।

यो सम्झौतापछि डिजी पेले ल्याएको व्यवसायीक तथा घरदैलो योजना अन्तर्गत डिजी पेमा आवद्ध सबैले स्टार हस्पिटलबाट ८२५ रुपैयाँको दुई टिकट र १ हजार ६५० बराबरको ओपीडी टिकट निशुल्क पाउने छन् ।

साथै बेड तथा स्वास्थ्य परीक्षणमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्मको छुट पाउने डिजी पेले जनाएको छ ।
स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनले यस सहकार्यले सम्बन्धित सबैलाई व्यवसायीक, सामाजिक र स्वास्थ्य लाभ हुने बताए।

त्यस्तै, डिजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डेले स्टार हस्पिटलसँग सहकार्यले डिजी पेसँग आवद्ध व्यवसायी तथा ग्राहकले उपचारमा सुविधा उपभोग गर्न पाउने बताए ।

डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनमा रहेको र यो सहकार्यले यसमा थप सहयोग गर्ने पनि पाण्डले बताए ।


क्लिकमान्डु