७ बीमा कम्पनीको नाफा घट्दा दुई नोक्सानीमा, सर्वाधिक नाफा कमाउनेमा नेशनल लाइफ



काठमाडौं । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

गत आवमा नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नोक्सानीमा छन् । गत आर्थिक वर्षमा नेपाल लाइफ इन्स्योरेन्स ३५ करोड २७ लाख रूपैयाँले घाटामा गएको छ ।

नेपाल लाइफले प्रकाशन गरेको वित्तीय विवरणअनुसार नोक्सानी व्यवस्थाको लागि ७७ करोड ८० लाख रूपैयाँ छुट्याएको कारण घाटामा गएको हो ।

अघिल्लो वर्ष नेपाल लाइफ ५३ करोड ५९ लाख रूपैयाँले नाफामा थियो ।

गत आर्थिक वर्षमा एलआइसी नेपाल ८ करोड ७४ लाख ७९ हजार रूपैयाँ नोक्सानीमा छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा एलआइसीले नोक्सानी व्यवस्थाको लागि २९ करोड ५९ लाख रूपैयाँ छुट्याएको छ ।

अघिल्लो आवमा एलआइसीले १९ करोड ९ लाख ९० हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

नेपाल लाइफ र एलआइसी बाहेकका १७ वटा कम्पनी नाफामा छन् । यी कम्पनीले गत आवमा २ अर्ब ९४ करोड ९५ लाख रूपैयाँ खुद नाफा कमाएका छन् ।

अघिल्लो आवमा १९ जीवन बीमा कम्पनीले ३ अर्ब ७६ करोड ७८ लाख रूपैयाँ खुद नाफा कमाएका थिए ।

१९ जीवन बीमा कम्पनीमध्ये अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा ७ कम्पनीको खुद नाफा घटेको छ ।

मेट लाइफ, यूनियन लाइफ, प्राइम लाइफ, प्रभु लाइफ, एशियन लाइफ, सूर्या लाइफ र आइएमई लाइफको नाफा घटेको हो ।

कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा गत आवमा धेरै नाफा घट्ने जीवन बीमा कम्पनीको सूचीमा यूनियन लाइफ इन्स्योरेन्स परेको छ । अघिल्लो आवको तुलनामा यूनियनको नाफा ९०.२३ प्रतिशतले घटेर १ करोड २७ लाख ३४ हजार रूपैयाँमा सीमित भएको छ ।

अघिल्लो आवमा इन्स्योरेन्सले १३ करोड ३ लाख ३९ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

गत आवमा यूनियनले नोक्सानी व्यवस्थाको लागि २० करोड ६९ लाख ३५ हजार रूपैयाँ छुट्याएको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार अघिल्लो आवमा इन्स्योरेन्सले नोक्सानी व्यवस्थाको लागि २ करोड ४ लाख ५१ हजार रूपैयाँ छुट्याएको थियो ।

दोस्रो बजारमार्फत् सेयरमा लगानी गरिएको र हाल निरन्तर सेयरको मूल्यमा गिरावट आएको कारणले खुद नाफा घट्न गएको कम्पनीले जनाएको छ । सेयरको मूल्यमा सुधार आउँदा पुनः नाफा बढ्ने कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।

गत आवमा प्रभु लाइफको नाफा ५७.४३ प्रतिशतले घटेर ७ करोड २६ लाख ३८ हजार रूपैयाँमा सीमित भएको छ । अघिल्लो आवमा इन्स्योरेन्सले १७ करोड ६ लाख ३१ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

मेट लाइफ इन्स्योरेन्सको २९.४६ प्रतिशत, प्राइम लाइफको २८.६१ प्रतिशत, एशियन लाइफको ३३.३८ प्रतिशत, सूर्या लाइफको ३२.७४ प्रतिशत र आइएमई लाइफको नाफा १.३४ प्रतिशतले घटेको छ ।

गत आवमा मेट लाइफले २४ करोड ७६ लाख ६८ हजार रूपैयाँ, प्राइम लाइफले २२ करोड ८८ लाख रूपैयाँ, एशियन लाइफले १६ करोड ९४ लाख ३५ हजार रूपैयाँ, सूर्या लाइफले १३ करोड ४५ लाख ४५ हजार रूपैयाँ र आइएमई लाइफले १२ करोड ८६ लाख ५५ह जार रूपैयाँ खुद नाफा कमाएका छन् ।

१० कम्पनीले बढाए नाफा

वित्तीय विवरण सार्वजनिक भएका १७ जीवन बीमा कम्पनीमध्ये ८ वटाले नाफा बढाएका छन् । ती कम्पनीमध्ये सन नेपाल लाइफको नाफा शतप्रतिशतले बढेको छ ।

अघिल्लो आवको तुलनामा सन नेपालको नाफा १०२.२७ प्रतिशतले बढेर २१ करोड ४६ लाख १ हजार रूपैयाँ पुगेको हो । अघिल्लो आवमा इन्स्योरेन्सको खुद नाफा १० करोड ६० लाख ९८ हजार रूपैयाँ मात्रै थियो ।

यस्तै, अघिल्लो आवको तुलनामा ज्योति लाइफको नाफा ८३.९८ प्रतिशतले बढेर २३ करोड ९१ लाख ९७ हजार रूपैयाँ पुगेको छ । अघिल्लो आवका इन्स्योरेन्सको नाफा १३ करोड १४ लाख रूपैयाँ थियो ।

रिलायन्स लाइफको ७४.११ प्रतिशत, सानिमा लाइफको ५४.८२ प्रतिशत, गुराँस लाइफको ४४.२७ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको २७.५० प्रतिशत, महालक्ष्मी लाइफको २४.४१ प्रतिशत, रिलायबल नेपाल लाइफको २१.६५ प्रतिशत, नेशनल लाइफको १.९१ प्रतिशत र सिटिजन लाइफको १.९१ प्रतिशतले नाफा बढेको छ ।

गत आवमा रिलायन्स लाइफले १२ करोड २१ लाख, सानिमा लाइफले १५ करोड ९१ लाख, महालक्ष्मी लाइफले ११ करोड ७० लाख, रिलायबल नेपाल लाइफले २७ करोड ४८ लाख, नेशनल लाइफले ४० करोड ८८ लाख र सिटिजन लाइफले १८ करोड ८२ लाख रूपैयाँ नाफा कमाएका छन् ।

गुराँस लाइफ इन्स्योरेन्सले १७ करोड ५१ लाख ८ हजार रूपैयाँ र राष्ट्रिय बीमा संस्थानले ७ करोड १७ लाख ५९ हजार रूपैयाँ खुद नाफा कमाएका छन् ।

सार्वाधिक नाफा नेशनलको

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये सर्वाधिक नाफा कमाउने कम्पनीको सूचीमा नेशनल लाइफ परेको छ । गत आवमा नेशनल लाइफ इन्स्योरेन्सले ४० करोड ८८ लाख ९३ हजार रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा इन्स्योरेन्सको नाफा ४० करोड १२ लाख १० हजार रूपैयाँ थियो ।

नेशनल पछि खुद नाफामा मेट लाइफ, प्राइम लाइफ, सन नेपाल लाइफ, गुराँस लाइफ, सिटिजन लाइफ र एशियन लाइफ अघि छन् ।

गत आवमा मेट लाइफले २४ करोड ७६ लाख ८८ हजार रूपैयाँ, प्राइमले २२ करोड ८८ हजार रूपैयाँ, सन नेपाल लाइफले २१ करोड ४६ लाख रूपैयाँ, गुराँस लाइफले १७ करोड ५१ लाख ८ हजार रूपैयाँ, सिटिजन लाइफले १८ करोड ८२ लाख ६५ हजार रूपैयाँ र एशियन लाइफले १६ करोड ९४ लाख रूपैयाँ खुद नाफा कमाएका छन् ।

कम्पनीहरूले हाल प्रकाशन गरेको वित्तीय विवरण, बीमांकीय मूल्यांकन अगाडिको प्रतिवेदन हो । बीमांकीय मूल्यांकनपछि भने कम्पनीको नाफा तथा घाटामा हुने रकम फरक पर्छ ।


क्लिकमान्डु