निर्जीवन बीमा कम्पनीको नाफा ४ अर्ब ५५ करोड, नेकोले कमायो सर्वाधिक



काठमाडौं । गत आर्थिक वर्षमा १८ निर्जीवन बीमा कम्पनीले ४ अर्ब ५५ करोड ९८ लाख ४७ हजार रूपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा कम्पनीहरूले ४ अर्ब २४ करोड ६३ लाख ३५ हजार रूपैयाँ खुद नाफा कमाएका थिए ।

अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीहरूको खुद नाफा ७.३८ % ले बढेको हो ।

गत आवमा १८ निर्जीवन बीमा कम्पनीमध्ये सार्वधिक नाफा कमाउनेको शीर्ष स्थानमा नेको इन्स्योरेन्स परेको छ । गत आवमा नेकोले ५५ करोड १ लाख २८ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

जुन अघिल्लो आवको तुलनामा ९.०३ प्रतिशतले धेरै हो । अघिल्लो आवमा नेकोले ५० करोड ४५ लाख ८८ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

नेकोपछि सार्वधिक नाफा कमाउने कम्पनीको सूचीमा राष्ट्रिय बीमा कम्पनी, सगरमाथा र शिखर इन्स्योरेन्स परेका छन् ।

राष्ट्रिय बीमा कम्पनीको नाफा ३१.४१ % ले बढेर ४७ लाख ३४ हजार ९५ लाख रूपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीले ३६ करोड ३ लख २८ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

गत आवमा सगरमाथा इन्स्योरेन्सले ४० करोड २२ लाख ७८ हजार रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको तुलनामा सगरमाथाको नाफा ८.७१ % ले घटेको हो । अघिल्लो आवमा सगरमाथाले ४४ करोड ६ लाख ७७ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

गत आवमा शिखरले ४० करोड १४ लाख ३९ हजार रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा २८.९३ % ले बढेको हो । अघिल्लो आवमा कम्पनीले ३१ करोड १३ लाख रूपैयाँ खुद नाफा कमाएको थियो ।

५ कम्पनीको नाफा घट्यो

कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार १८ कम्पनीमध्ये ५ कम्पनीको नाफा घटेको छ । अघिल्लो आवको तुलनामा सगरमाथा, प्रिमियर, सिद्धार्थ, आइएमई जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीको नाफा घटेको हो ।

सगरमाथाको ८.७१%, प्रिमियरको ३.५४ %, सिद्धार्थको ८.३२ %, आइएमई जनरलको २३.२२ % र एभरेष्ट इन्स्योरेसको नाफा ५९.६१ % ले घटेको हो ।

१३ कम्पनीले बढाए नाफा

१८ निर्जीवन बीमा कम्पनीमध्ये १३ वटाले नाफा बढाएका छन् । अघिल्लो आवको तुलनामा सानिमा जनरलको नाफा ९८.६४ % ले बढेर १४ करोड ४९ लाख ५ हजार रूपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीले ७ करोड २९ लाख रूपैयाँ खुद नाफा कमाएको थियो ।

हिमालयन जनरलको ३३.८८%, यूनाइटेडको ३२.५९ %, राष्ट्रिय बीमा कम्पनीको ३१.४१ %, प्रुडेन्सियलको ३१.२७%, शिखरको २८.९३ %, जनरलको २४.५० %, अजोडको १६.६२ %, लुम्बिनी जनरलको १५.७६ %, एनएलजीको १४.०४ %, नेकोको ९.०३ %, नेपाल इन्स्योरेन्सको ७.३४ % र प्रभु इन्स्योरेन्सको नाफा १.८८ % ले बढेको हो ।


क्लिकमान्डु