माछापुच्छ्रे बैंकले ल्यायो एमबीएल एम-स्मार्ट सुविधा



काठमाडौं । माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, एमबीएल एम स्मार्ट नामक नयाँ सुुविधा ल्याएको छ ।

यसमा स्मार्ट लोन अगेन्स्ट फिक्स डिपोजिट सुविधाको सुरुवात गरेको छ । उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखतमा फिक्स डिपोजिट धितो राखेर ऋण लिन सक्नेछन् । यो सुविधा अन्तर्गत मोवाईल बैंकिङ्ग सुविधा मार्फत सजिलै कर्जा लिन सक्नेछन् ।

बैंकले ग्राहकलाई खाता खोल्नका लागि बैंकसम्म आउनु नपर्ने गरि अनलाईन तथा मोवाइल बैंकिङ्ग एप मार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा प्रदान गर्ने छ ।

यो एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहक आफैले रजिस्टेशन गर्न सकिने छ । मोबाईल फोनबाटै खाता खोल्न सकिने, मोबाईल फोनबाट नै कर्जा लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोवाईलमा नै हेर्न सकिनेछ ।


क्लिकमान्डु