राष्ट्र बैंकको सञ्चालकमा अर्थ सचिव पुष्करले लिए शपथ



काठमाडौं । अर्थ सचिव कृष्णहरि पुष्कर कर्णले नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्यमा शपथ लिएका छन् ।

सचिव कर्णले कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका हुन् ।
राष्ट्र बैंकको सञ्चालक समिति सदस्यमा अर्थ सचिव रहने व्यवस्था रहेको छ ।


क्लिकमान्डु