संघाई ग्रुपको लगानीमा सञ्चालित त्रिवेणी स्पाइनिङ मिल्सको व्यापार ५%ले घट्यो



काठमाडौं । संघाई परिवारबाट सञ्चालित त्रिवेणी स्पाइनिङ मिल्सको व्यापार ५ प्रतिशतले घटेको छ ।

कम्पनीले सन् २०२१ मा १ अर्ब ८० करोड ४० लाख रुपैयाँकोृ व्यापार गरेको छ भने सन् २०२० मा १ अर्ब ९० करोड २० लाख रुपैयाँ र सन् २०१९ मा ३ अर्ब ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

वार्षिक १४ हजार ६८९ मेट्रिक टन पोलिस्टर, भिस्कोस र अक्रिलिक÷ब्लेन्डेड धागो उत्पादन गर्दै आएको कम्पनीको नाफा घटेपनि नाफामा भने सुधार आएको छ ।

कम्पनीले सन् २०२१ मा ६.७४ प्रतिशतले नाफा कमाएको जनाएको छ । सन् २०२० मा कम्पनीले २.८६ प्रतिशतले नाफा कमाएको थियो ।

कम्पनीअनुसार सन् २०२० मा ५ करोड ४० लाख रुपैयाँ कमाएको थियो भने सन् २०२१ मा १२ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले विभिन्न देशबाट पोलिस्टर फाइबर आयात गरी धागो उत्पादन गर्दै आएको छ । कम्पनीले विशेषगरी भारत र टर्कीमा धागो निर्यात गर्दै आएको छ । कम्पनीले सन् २०२१ मा व्यापार गरेकोमध्ये ८४ प्रतिशत हिस्सा भारत र टर्कीमा धागो निर्यातको छ । साथै, कम्पनीले सन् २०२१ मा ६८ प्रतिशत निर्यातबाट गरेको जनाएको छ ।

त्यस्तै, केयर रेटिङ नेपालले कम्पनीको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ५३ करोड २९ लाख रुपैयाँको रेटिङ गरेको छ ।

कम्पनीलाई केयर रेटिङले दीर्घकालीन कर्जाका लागि ३० करोड ७९ लाख अर्थात् डबर बी प्लस र अल्पकालीन कर्जाका लागि २ अर्ब २२ करोड ५० लाख रुपैयाँ अर्थात् एफो रेटिङ दिएको छ ।


क्लिकमान्डु