गुराँस लाइफको खुद बीमाशुल्क घट्यो, नाफा ४४.२७ प्रतिशतले बढ्यो



काठमाडौँ । गत आर्थिक वर्षमा गुराँस लाइफ इन्स्योरेन्सले ३ अर्ब ५ करोड ७६ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।
अघिल्लो आवको तुलनमा इन्स्योरेन्सको खुद नाफा १६.१३ प्रतिशतले घटेको हो ।

अघिल्लो आवमा इन्स्योरेन्सले ३ अर्ब ६३ करोड ६८ लाख ४१ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

अघिल्लो आवको तुलनामा इन्स्योरेन्सको खुद नाफा ४४.२७ प्रतिशतले बढेर १७ करोड ५१ लाख ८ हजार रूपैयाँ पुगेको छ । अघिल्लो आवमा इन्स्योरेन्सले १२ करोड १३ लाख ७५ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

लगानी, कर्जा तथा अन्य आयबाट हुने आम्दानी र बीमालेख धितोमा कर्जाबाट हुने आम्दानी बढे पछि इन्स्योरेन्सको खुद बीमाशुल्क घट्दा पनि नाफा बढेको हो ।

इन्स्योरेन्सले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट ९९ करोड ६७ लाख ९१ हजार रूपैयाँ र बीमालेखको धितोमा कर्जाबाट ११ करोड ३६ लाख ५२ हजार रूपैयाँ आम्दानी गरेको छ ।

अघिल्लो आवमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट ८५ करोड ७० लाख १७ हजार रूपैयाँ र बीमालेखको धितोमा कर्जाबाट ८ करोड ३४ लाख १५ हजार रूपैयाँ आम्दानी गरेको थियो ।

जीवन बीमा कोषको १२ अर्ब ४५ करोड २४ लाख रूपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा यसको जीवन बीमा कोषमा १० अर्ब ५९ करोड ३९ लाख २१ हजार रूपैयाँ थियो ।

कम्पनीमा आवद्ध अभिकर्ताले यस अवधिमा ३६ करोड ८३ लाख रूपैयाँ कमिशन बुझेका छन् । अघिल्लो आवमा इन्स्योरेन्सले यस शिर्षकमा ५३ करोड ४२ लाख रूपैयाँ खर्चेको थियो ।

२ अर्ब ८ करोड ४२ लाख रूपैयाँ चुक्ता पुँजी भएको कम्पनीको प्रति शेयर आम्दानी ८.४० रूपैयाँ छ ।


क्लिकमान्डु