यूनियन लाइफले ७ अर्ब ५९ करोड बीमाशुल्क, नाफामा ९०.२३% ले घट्यो



काठमाडौं । गत आर्थिक वर्षमा यूनियन लाइफ इन्स्योरेन्सले ७ अर्ब ५९ करोड ४२ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।
गत आवको तुलनामा इन्स्योरेन्सको खुद नाफा १५.२८ प्रतिशतले बढेको हो ।

गत आवको यसै अवधिमा इन्स्योरेन्सले ६ अर्ब ५८ करोड ७८ लाख ३हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।
यस अवधिमा इन्स्योरेन्सको खुद नाफामा भारी गिरावट आएको छ ।

तेस्रो त्रैमासको अवधिमा इन्स्योरेन्सको खुद नाफा ९०.२३ प्रतिशतले घटेर १ करोड २७ लाख ३४ हजार रूपैयाँमा सीमित भएको छ ।

नोक्सानी व्यवस्थाका लागि २० करोड ६९ लाख ३५ हजार रूपैयाँ छुट्याएको कारण इन्स्योरेन्सको खुद नाफामा सो गिरावट आएको हो ।
गत आवको यसै अवधिमा इन्स्योरेन्सले १३ करोड ३ लाख ३९ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट ८० करोड २९ लाख ३७ हजार रूपैयाँ र बीमालेखको धितोमा कर्जाबाट ९ करोड ४१ लाख ८४ हजार रूपैयाँ आम्दानी गरेको छ ।

२ अर्ब १५ करोड रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको वार्षिक प्रति सेयर आम्दानी ०.५९ रूपैयाँ छ ।

इन्स्योरेन्सको बीमा कोषको आकार ४७.२० प्रतिशतले बढेर ११ अर्ब २७ करोड ४२ लाख ७८ हजार रूपैयाँ पुगेको छ ।
गत आवको यसै अवधिमा इन्स्योरेन्सको बीमा कोषमा ७ अर्ब ६५ करोड रूपैयाँ सञ्चित थियो ।


क्लिकमान्डु