२ अर्ब ९९ करोड रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको रिलायन्स लाइफको नाफा ७४.११% ले बढ्यो



काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा २ अर्ब ९९ करोड २६ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क १८.८७ प्रतिशतले बढेको हो । अघिल्लो आवमा कम्पनीले २ अर्ब ५१ करोड ७५ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

गत आवको यसै अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफा ७४.११ प्रतिशतले बढेर १२ करोड २१ लाख ३० हजार रूपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ७ करोड १४ लाख ६ हजार रूपैयाँ नाफा कमाएको थियो ।

गत आवको यसै अवधिको तुलनमा इन्स्योरेन्सको बीमा कोषको आकार ४२.६१ प्रतिशतले बढेर ३ अर्ब ७५ करोड १६ लाख रूपैयाँ पुगेको छ ।

२ अर्ब १० करोड रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ५.८२ रूपैयाँ छ ।

यस अवधिमा कम्पनीले १ हजार ५२८ वटा दाबी वापत ९४ करोड ८७लाख रूपैयाँ भुक्तानी गरेको छ ।

रिलायन्सले गत आवमा लगानी, कर्जा तथा अन्य आयबाट ३१ करोड ६६ लाख ११ हजार रूपैयाँ र बीमालेखको धितोमा कर्जाबाट ३ करोड २४ लाख ५२ रूपैयाँ आम्दानी गरेको छ ।


क्लिकमान्डु