१४ अर्ब रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको नेशनल लाइफको नाफामा सामान्य सुधार



काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा १४ अर्ब भन्दा बढी खुद बीमाशुल्क संकलन गरेको छ ।

इन्स्योरेन्सले अघिल्लो आवको तुलनामा खुद बीमाशुल्क १७.८८ प्रतिशतले बढाएर १४ अर्ब २८ करोड ३९ लाख रूपैयाँ पुर्याएको हो ।
गत आवको सोही अवधिमा कम्पनीले १२ अर्ब ११ करोड ७३ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

नाफामा भने सामान्य सुधार आएको छ । इन्स्योरेन्सको खुद नाफा १.९१ प्रतिशतले बढेर ४० करोड ८८ लाख ९३ हजार रूपैयाँ पुगेको हो ।
अघिल्लो आवमा इन्स्योरेन्सले ४० करोड १२ लाख १० हजार रूपैयाँ नाफा थियो ।

यसअवधिमा जीवन बीमा कोषको आकार भने २०.५८ प्रतिशतले बढेर ५१ अर्ब १५ करोड ५३ लाख रूपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा यसको जीवन बीमा कोषमा ४२ अर्ब ४२ करोड ४२ लाख रूपैयाँ थियो ।

कम्पनीले ३८ हजार ५५६ वटा दाबीबापत ५ अर्ब ९९ करोड ४८ लाख रूपैयाँ भुक्तानी गरेको छ ।

९६ करोड १७ लाख रूपैयाँ बराबरको कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

४ अर्ब ३ करोड ५१ लाख रूपैयाँ चुक्ता पुँजी भएको कम्पनीको प्रति शेयर आम्दानी १०.१३ रूपैयाँ छ ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशनवापत ४ करोड ६५ लाख ५१ हजार रूपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट ३ अर्ब ६० करोड ७८ लाख रूपैयाँ र बीमालेखको धितोमा कर्जाबाट ६३ करोड २२ लाख रूपैयाँ आम्दानी गरेको छ ।

कम्पनीमा आवद्ध अभिकर्ताले यस अवधिमा १ अर्ब ५२ करोड १९ लाख रूपैयाँ कमिशन बुझेका छन् ।


क्लिकमान्डु