ज्योति लाइफको खुद बीमाशुल्क ३ अर्ब ६२ करोड, नाफा ८४% ले बढ्यो



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा ३ अर्ब ६२ करोड ६० हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । इन्स्योरेन्सले अघिल्लो आवको तुलनामा खुद बीमाशुल्क २०.६३ प्रतिशतले बढाएको हो ।

इन्स्योरेन्सले अघिल्लो आवमा ३ अर्ब १० लाख २ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

गत आवमा इन्स्योरेन्सको खुद नाफा ८३.९८ प्रतिशतले बढेर २३ करोड ९१ लाख ९७ हजार रूपैयाँ पुगेको छ । अघिल्लो आवको अवधिमा कम्पनीले १३ करोड १४ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट ५० करोड ५५ लाख ११ हजार रूपैयाँ र बीमालेखको धितोमा कर्जाबाट ६ करोड ३४ लाख ५३ हजार रूपैयाँ आम्दानी गरेको छ ।

गत आवको यसै अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा, तथा अन्य आयबाट ३० करोड ६८ लाख २५ हजार रूपैयाँ र बीमालेख धितोमा कर्जाबाट ३ करोड ९७ लाख ९६ हजार रूपैयाँ आम्दानी गरेको थियो ।

२ अर्ब ४२ करोड रूपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको वार्षिक प्रति सेयर आम्दानी ९.८८ रूपैयाँ छ ।

७७ करोड ५० लाख ८२ हजार रूपैयाँ जगेडा कोष भएको कम्पनीको प्रति सेयर नेटवर्थ १३६.६५ रूपैयाँ छ ।

यस्तै, इन्स्योरेन्सको जीवन बीमा कोषमा ६ अर्ब ३४ करोड ६२ लाख ४० हजार रूपैयाँ सञ्चित छ । महाविपत्ति जगेडा कोषमा ११ करोड १८ लाख ५१ हजार रूपैयाँ सञ्चित छ ।

यस अवधिमा इन्स्योरेन्सले अभिकर्ता कमिशन खर्च शिर्षकमा ४९ करोड ७५ लाख ४९ हजार रूपैयाँ खर्चेको छ ।

१ हजार २५० वटा बीमा दाबीवापत कम्पनीले ३८ करोड ५४ लाख ६८ हजार रूपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

९० वटा बीमा दाबीवापत ४ करोड १७ लाख २४ हजार रूपैयाँ भुक्तानी गर्न बाँकी छ ।


क्लिकमान्डु