एनआइसी एशिया बैंकले ल्यायो लगानी १० गुणा वृद्धि गर्ने योजना



काठमाडौं । वारेन बफेट विश्वको सबैभन्दा धनी व्यक्ति भनेर चिनिएको नाम हो । आफूसँग भएको पैसालाई कसरी गुणात्मक वृद्धि गर्ने भन्नेमा उनी सबैभन्दा जानकार र सफल लगानीकर्ताको रुपमा चिनिन्छन् । आफ्नो पैसालाई उचित लगानी गरेर गुणात्मक वृद्धि गर्न सफल मानिने बफेटका सफलताको शुत्र केके छन् त ।

उनका अनेक उपायमध्ये दीर्घकालीन योजना सर्वश्रेष्ठ रहेको छ । दीर्घकालीन योजनाका सम्बन्धमा उनको एक भनाइ चर्चित छ, ‘मैले सेयर बजारबाट पैसा कमाउने प्रयास कहिल्यै गरिन् । सेयर किनेको अर्को दिनदेखि बजार बन्द हुन्छ र त्यो सेयर बजार १० वर्षसम्म खुल्दैन भन्ने सोच बनाउँछु ।’ उनको यस भनाइको अर्थ हो, आफ्नो बचत वा लगानीबाट उच्चप्रतिफल खोज्ने हो भने उक्त लगानीलाई लामो समय पर्खनुपर्छ ।

उनले भनेका छन्, ‘एक पटक सेयरमा पैसा हालेपछि १० वर्षपछि मात्र त्यसको प्रतिफल खोज्नु पर्छ । जुनबेला आफूले चाहेको जस्तै उच्च प्रतिफल दिन सक्छ र आफ्नो भविष्यलाई पनि सुरक्षित रहन सक्छ ।’

वारेन बफेटको यही मान्यता जस्तै मुलुकको सबैभन्दा ठूलो बैंक एन आई सी एशिया बैंकले दीर्घकालीन बचतको गुणात्मक वृद्धि हुने योजना ल्याएको छ ।

बफेटले जस्तै दीर्घकालीन बचत गरेर सर्वाधिक उच्चप्रतिफल चाहने ग्राहकहरुलाई भनेर एनआइसी एशिया बैंकले सार्वजनिक गरेको छ, ‘१० गुणा सर्वश्रेष्ठ मुद्दति योजना’ ।

बैंकले व्यक्तिगत, संस्थागत र रेमिटेन्स पठाउनेहरुका लागि भनेर छुट्टाछुट्टैै योजना ल्याएको छ ।

बफेटले आफ्नो लगानीबाट दोब्बर वा तेब्बर प्रतिफल लिन चाहने व्यक्तिले कम्तिमा १० वर्ष कुर्नुपर्ने बताउँछन् । यस योजना अनुसार व्यक्तिगत मुद्दति खाता निक्षेप राखेका व्यक्तिले ६ वर्ष ३ महिना १२ दिनमा दोब्बर पाउँछन् । जस्तो की कुनै व्यक्तिगत ग्राहकले १० लाख रुपैयाँ राखेका छन् भने ६ वर्षमा २० लाख रुपैयाँ पाउनेछन् ।

बफेटले जस्तै १० वर्षसम्मलाई बचत लगानी गर्नेले तीन गुुणासम्म निक्षेप बढाउन सक्छन् । यस योजनाअनुसार ९ वर्ष ११ महिना १६ दिनमा तीन गुणासम्म निक्षेप वृद्धि हुन्छ । त्यसैगरी १२ वर्ष ६ महिना २२ दिनमा ४ गुणासम्म वृद्धि हुन्छ । १४ वर्ष ७ महिनामा ग्राहकको निक्षेप ५ गुणाले वृद्धि हुन्छ । यसको अर्थ हो अहिले १० लाख रुपैयाँ राख्नु भएको छ भने करिब १५ वर्षपछि ५० लाख रुपैयाँ प्राप्त गर्न सकिन्छ ।

यही रकम १६ वर्ष २ महिना २५ दिनसम्म राख्ने हो भने ६ गुणासम्म वृद्धि हुन्छ । त्यसैगरी १७ वर्ष ७ महिना १७ दिनमा ७ गुणासम्म, १८ वर्ष १० महिना ४ दिनमा ८ गुणासम्म, १९ वर्ष ११ महिनामा ९ गुणासम्म र २० वर्ष १० महिना १२ दिनमा १० गुणासम्म निक्षेप वृद्धि हुन्छ । कुनै ग्राहकले १० गुणासम्म वृद्धि हुने योजनामा १० लाख रुपैयाँ निक्षेप राख्ने हो भने २० वर्ष १० महिना १२ दिनमा १ करोड रुपैयाँ प्राप्त गर्नेछन् ।

‘दीर्घकालीन सोच बनाएर मुद्दती खातामा बचत राख्ने ग्राहकका लागि यो सबैभन्दा उपयुक्त योजना हो,’ एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले भने, ‘यो नेपालको बैंकिङ्ग क्षेत्रकै सबैभन्दा बढी गुणात्मक प्रतिफल दिने अफर हो ।’

सबैले दिनरात पसिना बगाएर पैसा कमाएका हुन्छन् । त्यो कमाइबाट उच्च प्रतिफल निकाल्न खोज्नु स्वभाविकै हो । तर, सबैलाई यसरी आफ्नो बचतको गुणात्मक वृद्धि गर्न सकिन्छ भन्ने थाहा हुँदैन । बैंकले भने यो गुणात्मक वृद्धिको अतिरिक्त ग्राहकलाई थप फाइदा दिने उद्देश्यले ५ वर्ष अवधीका लागि रू. ८४ लाखसम्मका ३ बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, रू. ५ लाखसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा र निक्षेप तथा पाकेको ब्याज रकमको धितोमा ९० प्रतिशत सम्म कर्जा सुविधा यस योजनामा उपलब्ध गराएको छ ।

उपयुक्त योजना छान्ने हो भने ढुक्कका साथ उच्च प्रतिफल पाउन सकिन्छ । एन आई सी एशियाको १० गुणा योजनामा यस्तै ग्यारेन्टी दिएको छ । यो योजना ल्याउनुअघि एनआइसी एशिया बैंकले बजारमा उपलब्ध भएका गुणात्मक वृद्धि गर्ने विभिन्न योजनालाई सुक्ष्मरुपमा अध्ययन गरेको थियो । उनीहरुले दिने प्रतिफललाई अध्ययन गरेर त्योभन्दा धेरै प्रतिफल दिने यो योजना ल्याएको हो ।

आम ग्राहकको बैंक प्रतिको अपेक्षा बढ्दै गएको छ । अन्य क्षेत्रमा बचत गर्दा जोखिम धेरै हुने भएपछि ग्राहकवर्ग उचित प्रतिफल दिने र प्रतिफलको सुनिश्चित हुने योजना खोजिरहेको हुन्छ । त्यही अध्ययनका आधारमा बैंकले निक्षेप योजनाहरूलाई निरन्तर थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरू सुनिश्चित गर्न यो योजना ल्याएको जनाएको छ ।

के हुन् त बीमा सम्बन्धी फाइदाहरू ?

यस १० गुणा निक्षेप योजनामा ५ लाखसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा र निक्षेप एवं पाकेको ब्याज रकमको धितोमा ९० प्रतिशत सम्म कर्जा सुविधाको अतिरिक्त ५ वर्षको लागि ८४ लाखसम्मका ३ बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू समेत दिने योजना रहेको छ ।

न्यूनतम १ लाख निक्षेप गर्ने ग्राहकलाई निम्नानुसारको ५ वर्षको लागि ८४ लाखसम्मको बीमा फाइदा उपलब्ध हुनेछः

यस बचत योजनामा ग्राहक एवं निजबाट मनोनित ३ अन्य व्यक्तिहरूले प्रतिव्यक्ति २१ लाखसम्मको बीमा लाभको फाइदा पाउनेछन् । बैंकले ग्राहकको आवश्यकतालाई मनन् गर्दै निज एवं निजले मनोनयन गर्न सक्ने परिवारका सदस्य वा अन्य व्यक्तिहरूको समेत खातावालाले प्राप्त गर्ने बराबरकै बीमा फाइदा निक्षेप योजनामा उपलब्ध गराएको छ । यस निक्षेप योजनाअनुरुप खातावालाद्वारा मनोनयन गरिएको व्यक्तिले बीमा फाइदा उपयोग गर्नको लागि यस बैंकमा सहज बण्डल खाता खोली बीमा फाइदा उपयोग गर्न सक्नेछन् ।

न्यूनतम ५० हजार निक्षेप गर्ने ग्राहकलाई निम्नानुसारको ५ वर्षको लागि ४२ लाखसम्मको बीमा फाइदा उपलब्ध हुनेछः

यस बचत योजनामा ग्राहक एवं निजबाट मनोनित १ अन्य व्यक्तिले प्रतिव्यक्ति २१ लाखसम्मको बीमा लाभको फाइदा पाउनेछन् । बैंकले ग्राहकको आवश्यकतालाई मनन् गर्दै निज एवं निजले मनोनयन गर्न सक्ने परिवारका सदस्य वा अन्य व्यक्तिहरूको समेत खातावालाले प्राप्त गर्ने बराबरकै बीमा फाइदा निक्षेप योजनामा उपलब्ध गराएको छ । यस निक्षेप योजना अनुरुप खातावालाद्वारा मनोनयन गरिएको व्यक्तिले बीमा फाइदा उपयोग गर्नको लागि यस बैंकमा सहज बण्डल खाता खोली बीमा फाइदा उपयोग गर्न सक्नेछन् ।

न्यूनतम २५ हजार निक्षेप गर्ने ग्राहकलाई निम्नानुसारको ५ वर्षको लागि २१ लाखसम्मको बीमा फाइदा उपलब्ध हुनेछः

यस बचत योजनामा ग्राहकले २१ लाखसम्मको बीमा लाभको फाइदा पाउनेछन् ।


क्लिकमान्डु