आईएमई लाईफ इन्स्योरेन्सको नाफा घट्यो, प्रतिसेयर आम्दानी ९ रुपैयाँ १९ पैसा



काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्सको नाफा १.३४ प्रतिशतले घटेर १२ करोड ८६ लाख ५५ हजार ६१५ रुपैयाँमा सिमिति भएको छ ।

अघिल्लो आवको असार मसान्तमा कम्पनीले १३ करोड ४ लाख ९ हजार ५५५ रुपैयाँ रहेको थियो ।

१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ७७ करोड ८६ लाख १९ हजार ८३५ रुपैयाँ रहेको छ । ४ अर्ब ७१ करोड ३१ लाख ८३ हजार ४०४ रुपैयाँ जीवन बीमा कोषमा रहेको कम्पनीको महाविपत्ती कोषमा ८ करोड ६३ लाख १३ हजार ३१५ रुपैयाँ रहेको छ ।

कम्पनीले असार मसान्तसम्म ३ अर्ब ४४ करोड ८२ लाख ४१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै दाबी भुक्तानी गर्न बाँकी रकम २ करोड १९ लाख ५० हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ १९ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ६५ पैसा रहेको छ ।


क्लिकमान्डु