गुराँस लाईफको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ ।

सोमबार बसेको कम्पनीको १८९ औं बैठकले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीले सेयरधनीलाई ७.४४ प्र्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव बीमा समितिले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु