बैंकको निक्षेप १ खर्ब २२ अर्बले घट्दा कर्जा लगानी स्थिर



काठमाडौं । चार साताको अवधिमा वाणिज्य बैंकमा निक्षेप १ खर्ब २२ अर्ब रुपैयाँले घटेको छ । निक्षेप १ खर्ब २२ अर्बले घट्दा कर्जा लगानी स्थिर बनेको छ ।

असार मसान्तमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको निक्षेप संकलन साउन ६ गतेसम्म आइपुग्दा ६४ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ७८ अर्ब रुपैयाँ रहेको थियो । यस्तै साउन १३ सम्म आइपुग्दा बैंकको निक्षेप थप २८ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ५० अर्ब रुपैयाँ रहेको थियो । साउन २० सम्म आइपुग्दा ४ अर्बले घटेर ४४ खर्ब ४६ अर्ब रुपैयाँ रहेको निक्षेप साउन २७ सम्ममा थप २४ अर्ब रुपैयाँले घटेर ४४ खर्ब २१ अर्ब रहेको छ ।

यो अवधिमा बैंकको कर्जा लगानी स्थिर बनेको छ । असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको कर्जा लगानी साउन ६ सम्म आइपुग्दा १० अर्बले घटेर ४१ खर्ब ६५ अर्ब रुपैयाँ रहेको छ । यस्तै साउन १३ सम्म आइपुग्दा १ अर्बले घटेर ४१ खर्ब ६४ अर्ब रहेको थियो ।

साउन २० सम्ममा २ अर्बले कर्जा प्रवाह बढेको थियो । यस्तै २७ गतेसम्म कर्जा प्रवाह ९ अर्बले बढेर ४१ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो दुई साता बैंकको कर्जा लगानी भने केही बढ्न थालेको ताथ्याङकले देखाएको छ ।
साउन २७ गतेसम्म बैंकहरुको सिडी रेसियो ८८.३५ प्रतिशत रहेको छ ।


क्लिकमान्डु