स्वास्थ्य बीमालाई व्यवस्थित गर्न सरकारद्धारा विस्तृत कार्यदल गठन



काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित गर्न विस्तृत कार्यदल गठन गरेको छ । नेपाल उद्योग वाणिज्य महांसघले आयोजना गरेको स्वास्थ्य बीमा र यसको प्रभावकारीता विष्याक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित गर्न सरकारले विस्तृत कार्यदल गठन गरेको बताए ।

‘स्वास्थ्य बीमालाई व्यवस्थित बनाउन राज्यमन्त्रीको नेतृत्वमा कार्यदल गठन गरिएको छ । उक्त कार्यदल स्वास्थ्य बीमाबारे पछिल्लो समय उठेका विषयहरूमा छलफलमा जुट्ने छ,’ खापुङले भने, ‘स्वास्थ्य बीमाको विषयमा कार्यदललाई सुझाव भए सुझाव दिनुस् ।’

कार्यदलको प्रतिवेदनअनुसार स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित बनाएर लगिने उनले बताए ।

उक्त कार्यक्रममा बोल्दै मन्त्री फुवाङले सरकारले सञ्चालनमा ल्याएको कार्यक्रम भएर भुक्तानीमा समस्या नहुने समेत बताए ।

‘नेपालमा शुरूवात भएको यो कार्यक्रम धेरै महत्वपूर्ण छ भन्नेमा विमत्ति छैन,’ फुवाङले भने, ‘राज्यको कार्यक्रम भएर भुक्तानीमा समस्या हुँदैन ।’

उनले स्वास्थ्य बीमा बोर्डलाई आवश्यक जनशक्तिको व्यवस्थापन गरी स्वतन्त्र भएर काम गर्न समेत निर्देशन दिए । स्वास्थ्य बीमा ऐनअनुरूप स्वास्थ्य बीमा बोर्डले स्वतन्त्र भएर काम गर्न सक्ने व्यवस्था गरेको हुनाले सोही बमोजिम काम गर्न उनले उनले निर्देशन दिएका हुन् ।

‘ऐनमा भएको व्यवस्थाबमोजिम स्वतन्त्रताको हिसाबले काम गर्नुस्’ उनले भने ‘मन्त्रालयले के सहयोग गर्र्नुपर्छ त्यसमा तयार छु ।’

उनले पछिल्लो समय देशका प्रायजसो स्थानीय तहमा आधारभुत स्वास्थ्य सेवा पाउने अस्पतालहरूको विकास भएको बताए । पालिकाहरूमा अस्पताहरू विकास हुँदा त्यहाँका जनतालाई आधारभुत स्वास्थ्य सेवा लिन सहज भएको उनको भनाइ छ । अद्यपि, अझै पनि हरेक नागरिकलाई आधारभुत स्वास्थ्य सेवाको दायरामा ल्याउने काम चूनौतीपूर्ण रहेको उनको बुझाइ छ ।


क्लिकमान्डु