हरितालिका तीजको अवसरमा सानिमा बैंकको कोसेली



काठमाडौं । सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, अमेरिकी डलर इ-कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिनेछ ।

साथै, लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ । यसैगरी पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा अधिकतम ५०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नुहुनेछ । यो योजना २०७९ भाद्र १ देखि भाद्र १५ गतेसम्म लागू हुनेछ ।

साथै, क्यासब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुनेछ । सानिमा बंैकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटीएम संचालनमा रहेका छन् ।


क्लिकमान्डु