अजोड इन्स्योरेन्सको नाफा १६.५६% ले बढ्यो



काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म अजोड इन्स्योरेन्सको नाफा १६.५६ प्रतिशतले बढेको छ ।

अघिल्लो आवको असार मसान्तमा कम्पनीको नाफा १० करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेकोमा गत आवको सोही अवधिसम्म आइपुग्दा नाफा बढेर ११ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको पुनर्बीमा कमिशनबाट हुने आय २४ करोड ४३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २० करोड ५८ लाख रुपैयाँ रहेको थियो ।

१ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १५ करोड ७ लाख रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीले बीमा कोषको आकार १७ करोड १६ लाख रुपैयाँ पुगेको छ । यस्तै महाविपत्ती कोषमा १ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म आइपुग्दा कम्पनीले ४७ करोड ९१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले दाबी भुक्तानी गर्न बाँकी रकम १ अर्ब १ करोड ७० लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी वार्षिक ११ रुपैयाँ ८९ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ६६ पैसा रहेको छ ।


क्लिकमान्डु