शिखर इन्स्योरेन्सको २८.९२% ले नाफा बढ्यो, अन्य सूचकमा कस्तो छ सुधार ?



काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म शिखर इन्स्योरेन्सले नाफामा २८.९२ प्रतिशत वृद्धि गरेको छ ।

अघिल्लो आवको असार मसान्तमा ३१ करोड १३ लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा गत आवको सोही अवधिसम्म आइपुग्दा नाफा बढेर ४० करोड १४ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको पुनर्बीमा कमिशनबाट हुने आय ५४ करोड २२ लाख ८ हजार रुपैयाँबाट बढेर ६७ करोड ४६ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।

२ अर्ब २८ करोड ६० लाख ८१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७० करोड ९७ लाख ९५ हजार रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीले बीमा कोषको आकार १ अर्ब ४१ करोड १६ लाख २७ हजार रुपैयाँ पुगेको छ । यस्तै महाविपत्ती कोषमा ११ करोड ८ लाख १८ हजार ३८७ रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म आइपुग्दा कम्पनीले १ अर्ब ३९ करोड १० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले दाबी भुक्तानी गर्न बाँकी रकम २ अर्ब ४२ करोड ३६ लाख ३९ हजार रहेको छ । प्रतिसेयर आम्दानी वार्षिक २१ रुपैयाँ ८ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ ४ पैसा रहेको छ ।


क्लिकमान्डु