भदौ महिनामा संस्थागत निक्षेपकर्ताको ब्याजदर घटाउने बैंकर्स संघको निर्णय



काठमाडौं । नेपाल बैकर्स संघले भदौ महिनामा संस्थागत निक्षेपकर्ताको ब्याजदर घटाउने भएका छन् ।

संघको कार्यसमितिको सोमबार बसेको बैठकले व्यक्तिगत निक्षेपकर्ताको ब्याजदर ११.३ प्रतिशत राख्ने र संस्थागतको ९.०३ प्रतिशत राख्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकको एकीकृत निर्देशिकाले व्यक्तिगत र संस्थागत निक्षेपकर्ताको ब्याजदरमा २ प्रतिशत बिन्दुले फरक हुनपर्ने नियम बनाएको थियो । भदौ देखि लागू हुने नियम अनुसार बैंकहरुले व्यक्तिगत निक्षेपकर्ताको ब्याजदर बढाउनुपर्ने वा संस्थागतको घटाउनुपर्ने निर्णय लिनुपर्ने थियो ।

बैंकहरुले व्यक्तिगत तर्फ ब्याजदर यथावत राख्ने राष्ट्र बैंकको नियम लागू गर्न संस्थागतको ब्याजदर घटाउने निर्णय भएको एक बैंकका सीइओले जानकारी दिए ।

नयाँ ब्याजदर अनुसार एकवर्षको मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत तर्फ ११.०३ तथा संस्थागत तर्फ ९.०३ प्रतिशत हुने छ ।


क्लिकमान्डु