नबिल बैंकले खोकनाका स्थानीयलाई दियो डिजिटल बैंकिङको तालिम



काठमाडौं । नबिल बैंकले ललितपुर महानगरपालिका–२१, खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम विशेषत स्थानीय क्षेत्रको कृषि प्रबर्द्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ्ग तथा वित्तीय साक्षरता प्रबर्द्धनमा केन्द्रित थियो ।

बैंकले नबिल दिगो बैंकिङको विभिन्न आयामहरु, डिजिटल बैंकिङ, क्यूआर कोड र अन्य सेवा सुबिधाहरुको बारेमा जानकारी गराएको छ ।

ललितपुर महानगरपालिका–२१ खोकनाका वडा सदस्यहरू, स्थानीय गुठी, आमा समूह र सहकारीका प्रतिनिधिहरु, स्थानीय बुद्धिजिबी, किसान तथा उद्यमीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरुको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए ।

ललितपुर महानगरपालिका–२१, खोकनाका वडा अध्यक्ष रबिन्द्र महर्जनले खोकना वरपर उद्यमशीलता विकास गर्न नबिल बैंक संग हातेमालो गर्ने बताए ।


क्लिकमान्डु