सूर्या लाइफले संकलन गर्यो ४ अर्ब ९२ करोड खुद बीमाशुल्क, नाफा ३२.७४% ले घट्यो



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा करिब ५ अर्ब रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवमा इन्स्योरेन्सले ४ अर्ब ९२ करोड ९ लाख ७ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो । जुन अघिल्लो आवको तुलनामा १८.६८ प्रतिशतले बढी हो ।

अघिल्लो आवमा इन्स्योरेन्सले ४ अर्ब १४ करोड ६३ लाख ५२ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

गत आवमा कम्पनीको खुद नाफा भने घटेको छ । अघिल्लो आवको तुलनामा इन्स्योरेन्सको खुद नाफा ३२.७४ प्रतिशतले घटेर १३ करोड ४५ लाख ४५ हजार रूपैयाँमा सीमित भएको छ ।

अघिल्लो आवको असार मसान्तसम्मा कम्पनीले २० करोड ४२ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट १ अर्ब ५३ लाख ६६ हजार रूपैयाँ र बीमालेख धितोमा कर्जाबाट १४ करोड ७७ लाख ९१ हजार रूपैयाँ आम्दानी गरेको छ ।

गत आवमा इन्स्योरेन्सले अभिकर्ता कमिसन खर्च शीर्षकमा ६१ करोड ७५ लाख ३४ हजार रूपैयाँ खर्चेको छ ।

९ हजार ७६९ वटा बीमा दाबीवापत १ अर्ब २३ करोड ९५ लाख ७५ हजार रूपैयाँ कुल दाबी भुक्तानी गरेको छ । २२ वटा बीमा दाबीवापत इन्स्योरेन्सले ६७ लाख ७ हजार रूपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

इन्स्योरेन्सको चुक्ता पुँजी १२.७० प्रतिशतले बढेर २ अर्ब ५५ करोड २ लाख ८२ हजार रूपैयाँ पुगेको छ । गत आवमा इन्स्योरेन्सको जगेडा कोष भने १२.७३ प्रतिशतले घटेर ६६ करोड ५६ लाख रूपैयाँमा सीमित भएको छ ।

बीमा कोषको आकार ३२.७८ प्रतिशतले बढेर १४ अर्ब ९४ लाख ४५ हजार रूपैयाँ पुगेको छ । इन्स्योरेन्सको महाविपत्ती कोषमा १६ करोड ७ लाख १९ हजार रूपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ५.२८ रूपैयाँ छ ।


क्लिकमान्डु