भारतमा आयकर विभागको छापा, ५८ करोड भारु र ३२ केजी सुन जफत



काठमाडौं । भारतमा आयकर विभागले ५ वटा व्यवसायिक घरानाको कार्यालयमा छापा मार्दा ५८ करोड भारु तथा ३२ केजी सुन जफत गरेको छ ।

त्यहाँको आयकर विभागले जफत गरिएको ५८ करोड भारु गिन्तीका लागि मात्रे १३ घण्टा समय लगाएको छ । पैसा गन्ने क्रममा केही कर्मचारीहरु बिरामी समेत परेका छन् ।

विभागका अनुसार एसआरजे स्टील, कालिका स्टील, एक को कोअपरेटिभ बैंक, फाइनान्स विमल राज बोरा, डिलर प्रदीप बोराको फ्याक्ट्रि, घर तथा कार्यालयमा अगष्ट १ तारिखदेखि ७ तारिखसम्म गरिएको थियो ।

यसका लागि २६० अफिसर तथा कर्मचारीहरु सहभागी थिए । उनीहरु १२० भन्दा बढी गाडीमा पुगेका थिए । यो अपरेसनमा एक समयमा पाँच फरक फरक टीमले काम गरेका थिए । आयकर विभागले बरामत गरिएको पैसा कर चोरी गरिएको हुन सक्ने आशंका व्यक्त गरेको छ ।

आयकर विभागको टीमको शुरुवाती जाँचमा केही पत्ता नलागे पनि पछि जालानाभन्दा १० किलोमिटरको दूरीमा रहेको व्यवसायीको फार्महाउसमा कारबाही गरिएको थियो ।

उक्त स्थानमा दराजको मुनी, बेडभित्र तथा तथा दराजभित्र थैलीमा राखिएको नोटका बण्डल भेटिएका थिए । कपडाका ३५ वटा थैलीमा रकम राखिएको थियो ।


क्लिकमान्डु