विजय लघुवित्तको नाफा १६ प्रतिशतले घटेर १० करोड ४७ लाखमा सीमित



काठमाडौं । गत आर्थिक वर्षमा विजय लघुवित्त वित्तीय संस्थाले १० करोड ४७ लाख १९ रूपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १६.२४ प्रतिशतले थोरै हो ।

अघिल्लो वर्ष विजय लघुवित्तले १२ करोड ५० लाख २७ हजार रूपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा घटेका कारण कम्पनीको खुद नाफामा गिरावट आएको हो ।

गत आवमा कम्पनीको खुद ब्याज आम्दानी १०.३५ प्रतिशतले घटेर ३४ करोड १५ लाख रूपैयाँमा सीमित भएको छ । अघिल्लो आवमा संस्थाको खुद ब्याज आम्दानी ३८ करोड ९ लाख रूपैयाँ थियो ।

गत आवमा कम्पनीको सञ्चालन नाफा १७ प्रतिशतले घटेर १५ करोड ८१ लाख रूपैयाँ पुगेको छ । अघिल्लो आवमा संस्थाको सञ्चालन मुनाफा १९ करोड ५ लाख रूपैयाँ थियो ।

३२ करोड रूपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २२ करोड ८८ लाख रूपैयाँ सञ्चित भएको छ । लघुवित्तको सापटी ६.१८ प्रतिशत र कर्जा १४.३६ प्रतिशतले बढेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३२.७२ रूपैयाँ छ ।


क्लिकमान्डु