कुमारी बैंकका ग्राहकले होटल शिरीषमा १५ छुट पाउने



काठमाडौं । कुमारी बैंकका ग्राहकले होटल शिरीषमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

कुमारी बैंक र कपुरकोट नगरपालिका–३, सल्यानस्थितमा रहेको होटेल शिरीषबीच उक्त छुट पाउने गरी सम्झौता भएको छ ।

बैंकले यस सहकार्य मार्फत होटेल शिरीषका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो । बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको सुविधा शुल्कमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४८ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।


क्लिकमान्डु