ज्योति लाइफले संस्थापक समूहको १९% सेयर साधारणमा परिवर्तन गर्ने, सूर्यासँग मर्जरको प्रस्ताव पारित



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको साउन २४ गते सम्पन्न भएको विशेष साधारण सभाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौतापत्रको मस्यौदालाई स्वीकृति गरेको छ ।

सभाले सो सम्झौतापत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समितिसमक्ष निवेदन दिने, सेयर कारोबार रोक्काको लागि पत्राचार गर्ने विषयमा भएको संचालक समितिको निर्णय अनुमोदन गरेको छ ।

सभाले कम्पनीको सम्पत्ती तथा दायित्वको मुल्याङ्कन गर्न परामर्शदाता, मुल्याङ्कनकर्ता तथा लेखापरिक्षकको नियुक्ती गर्ने सम्बन्धमा कम्पनीको सम्पत्ती तथा दायित्वको मुल्याङ्कन कार्य गर्नका लागि संचालक समितिबाट मूल्याङ्कनकर्ता नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने गरि भएको निर्णयलाई समेत अनुमोदन गरेको छ ।

साथै, कम्पनीमा संस्थापक समूह तथा सर्वसाधारण समूहको सेयर स्वामित्व संरचना क्रमश ७०ः३० को अनुपातमा रहेकोमा संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण सेयरमा परिवर्तन गरि कम्पनीको सेयर स्वमित्व संरचना ५१ः४९ प्रतिशतको अनुपात कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ ।


क्लिकमान्डु