४० लघुवित्तको नाफा ८ अर्ब ४६ करोड, छिमेक र निर्धनले कमाए १ अर्बभन्दा बढी



काठमाडौं । गत आर्थिक वर्षमा अधिकांश लघुवित्तको खुद नाफा बढेको छ ।

नेपाल राष्ट्र बैंककाअनुसार हाल ६५ वटा लघुवित्त सञ्चालनमा छन् भने हाल नेप्सेमा ५१ वटा लघुवित्त वित्तीय संस्था सूचीकृत छन् । हालसम्म गत आवको वित्तीय विवरण प्रकाशित गरेका ४० वटा लघुवित्त वित्तीय संस्थामधये अधिकांशको नाफा बढेको छ ।

यी कम्पनीहरूले गत आवमा ८ अर्ब ४६ करोड ५ लाख ५१ हजार रूपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आवमा कम्पनीहरू खुद नाफा ७ अर्ब ८४ करोड ४४ लाख ३९ हजार रूपैयाँ थियो । समीक्षा अवधिमा यी कम्पनीहरूको नाफा औसतमा ७.८५ प्रतिशतले बढेको हो ।

कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ४० वटामध्ये छिमेक लघुवित्त र निर्धन उत्थान लघुवित्तले १ अर्ब रुपैयाँभन्दा धेरै बढी नाफा कमाएका छन् ।

छिमेकले गत आर्थिक वर्षमा १ अर्ब ३ करोड २२ लाख ८३ हजार रूपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको यसै अवधिको तुलनामा छिमेकको नाफा २१.४३ प्रतिशतले कम हो । गत आवको सोही अवधिको तुलनामा निर्धनको नाफा १३.५० प्रतिशतले घटेर १ अर्ब २ करोड ८२ लाख ८१ हजार रूपैयाँमा सीमित भएको छ ।

अघिल्लो आवमा निर्धनले १ अर्ब १९ करोड ८८ लाख १७ हजार रूपैयाँ नाफा कमाएको थियो ।

वित्तीय विवरण सार्वजनिक गरेका ४० वटा कम्पनीमध्ये १४ वटाको नाफा घटेको छ । गणपति फाइक्रो फाइनान्स, साधना, समता घरेलु, छिमेक, जाल्पा, नाडेप, सूर्योदय र धौलागिरी लघुवित्त, आरम्भ चौतारी लघुवित्त, उपकार लघुवित्त, सर्पोट लघुवित्त, ग्रामिण विकास लघुवित्त, गुराँस लघुवित्त र निर्धन उत्थान लघुवित्तको नाफा खुम्चिएको हो ।

समीक्षा अवधिमा गणपति माइक्रोफाइनान्सको नाफा ५४.७५ प्रतिशत, साधना लघुवित्तको नाफा ०.८३ प्रतिशत, समता घरेलु लघुवित्तको २६.४३ प्रतिशत, जाल्पा सामुदायिक लघुवित्तको नाफा ४.६७ प्रतिशत, नाडेप लघ्वित्तको नाफा २८.९६ प्रतिशत र धौलागिरी लघुवित्तको नाफा २५.६९ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको २७.१५ प्रतिशत, उपकार लघुवित्तको २७.१४ प्रतिशत, सपोर्ट लघुवित्तको ३४.९६ प्रतिशत, ग्रामिण विकास लघुवित्तको ४४.८८ प्रतिशत, गुराँस लघुवित्तको ४२.२४ प्रतिशत र निर्धन उत्थान लघुवित्तको नाफा १३.५० प्रतिशतले घटेको छ ।

यस्तै, आर्दश लघुवित्तको नाफा सबैभन्दा धेरै प्रतिशतले नाफा बढेको छ । समिक्षा अवधिमा यस लघुवित्तको नाफा ८८६.१२ प्रतिशतले बढेर ६८ लाख ९३ हजार रूपैयाँ पुगेको छ । अघिल्लो आवमा आर्दशले ६ लाख ९९ हजार रूपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, कालिका लघुवित्तको नाफा १३२.७२ प्रतिशतले बढेको हो गत आवमा कालिकाले १२ करोड ८४ लाख ९६ हजार रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको यसै अवधिमा यसले ५ करोड ५२ लाख १६ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

कालिकासँगै आरएमडिसी लघुवित्तको नाफा पनि शतप्रशितले बढकेो छ । गत आवका आरएमडिसीले ३५ करोड ४९ लाख ८ हजार रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको यसै अवधिमा संस्थाले १७ करोड ७९ लाख १८ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

फस्र्ट माइक्रोफाइनान्सको नाफा ८७.८२ प्रतिशतले बढेर २६ करोड ९९ लाख ८३ हजार रूपैयाँ पुगेको थियो । अघिल्लो आवको यसै अवधिमा संस्थाको नाफा १४ करोड ३१ लाख ६२ हजार रूपैयाँ मात्रै थियो ।

महिला लघुवित्तको नाफा ६१.४३ प्रतिशत, सीवाईसी लघुवित्तको नाफा ५५.०८ प्रतिशत, आरएसडिसि लघुवित्तको नाफा ४८.४५ प्रतिशत, एनआइसी एशिया लघुवित्तको नाफा २४.४९ प्रतिशतले बढेको छ ।

यस्तै, समीक्षा अवधिमा सिभिल लघुवित्तको नाफा १३.४९ प्रतिशत, महुलि लघुवित्तको नाफा १०.७१ र ग्लोबल आईएमई लघुवित्तको नाफा १०.०५ प्रतिशतले बढेको छ ।

मिर्मिरे लघुवित्त र आशा लघुवित्तको नाफा भने १० प्रतिशतभन्दा थोरैले बढेको छ ।

मिर्मिरे लघुवित्तले १०.०५ प्रतिशतले बढेर २० करोड ८१ लाख ९० हजार रूपैयाँ र आशा लघुवित्तको नाफा ०.४४ प्रतिशतले बढेर १२ करोड ३५ लाख ७९ हजार रूपैयाँ पुगेको छ ।


क्लिकमान्डु