आइएमई जनरल इन्स्योरेन्सको सीइओमा पुनः युगेशभक्त बादे श्रेष्ठ नियुक्त



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिृकत (सीइओ) मा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त भएका छन् ।

असार ७ गतेको संचालक समितिको १२०औं बैठकको निर्णय बमोजिम सीइओमा श्रेष्ठलाई आजदेखि लागू हुने गरी दोश्रो कार्यकालको लागि पुनः नियुक्त गरिएको हो । श्रेष्ठ २७ बर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् ।

सीइओ श्रेष्ठले इन्स्योरेन्सलाई उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरे ।


क्लिकमान्डु