साउनमा बैंकको निक्षेप संकलन ९६ अर्बले घट्यो, बढ्न थाल्यो कर्जा



काठमाडौं । तीन साताको अवधिमा वाणिज्य बैंकमा निक्षेप ९५ अर्ब रुपैयाँले घटेको छ । निक्षेप ९६ अर्बले घट्द कर्जा लगानी ९ अर्बले घटेको छ ।

असार मसान्तमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको निक्षेप संकलन साउन ६ गतेसम्म आइपुग्दा ६३ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ७८ अर्ब रुपैयाँ रहेको थियो । यस्तै साउन १३ सम्म आइपुग्दा बैंकको निक्षेप थप २८ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ५० अर्ब रुपैयाँ रहेको थियो । यस्तै साउन २० सम्म आइपुग्दा ४ अर्बले घटेर ४४ खर्ब ४६ अर्ब रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको कर्जा लगानी ९ अर्बले घटेको छ । असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको कर्जा लगानी साउन ६ सम्म आइपुग्दा १० अर्बले घटेर ४१ खर्ब ६५ अर्ब रुपैयाँ रहेको छ । यस्तै साउन १३ सम्म आइपुग्दा १ अर्बले घटेर ४१ खर्ब ६४ अर्ब रहेको थियो ।

साउन २० सम्म आइपुग्दा भने २ अर्ब कर्जा प्रवाह भएको छ । बैंकको कर्जा प्रवाह २ अर्बले बढेर ४१ खर्ब ६६ अर्ब पुगेको छ । साउन २० सम्म बैंकहरुको सिडी रेसियो ८७.६९ प्रतिशत रहेको छ ।


क्लिकमान्डु