प्राइम लाइफको सीइओमा निर्मल दाहाल



OLYMPUS DIGITAL CAMERA

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा निर्मल दाहाल नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णयलाई बीमा समितिले स्वीकृति दिएसँगै आजैदेखि लागू हुने गरी दाहाल सीइओ पदमा नियुक्त भएका हुन् ।

कम्पनीले दाहाललाई साउन १ देखि लागू हुने गरी कामु सीइओको जिम्मेवारी दिएको थियो ।

असार मसान्तबाट इन्स्योरेन्सका निवर्तमान सीइओ मनोज कुमार भट्टराई दोस्रो कार्यकाल सकाएर बाहिरिएसँगै दाहाललाई कामुको जिम्मेवारी पाएका थिए ।


क्लिकमान्डु