मुद्दति निक्षेपमा संस्थागत निक्षेपकर्ताले व्यक्तिगतको तुलनामा २% बिन्दुले कम ब्याज पाउने 



काठमाडौं । संस्थागत निक्षेपकर्ताले व्यक्तिगत निक्षेपकर्ताको तुलना २ प्रतिशत बिन्दुले ब्याजदर कम पाउने भएका छन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशिका जारी गर्दै व्यक्तिगतको भन्दा संस्थागत तर्फ मुद्दति निक्षेपमा २ प्रतिशत बिन्दुले ब्याजदर कम गर्न भनेको हो ।

अहिले १ प्रतिशत बिन्दुले व्यक्तिगतको भन्दा संस्थागतको निक्षेपको ब्याजदर मुद्दतिमा कम छ ।

बैंकहरुले ११.०३ प्रतिशत ब्याजदर एकवर्षको मुद्दति निक्षेपमा व्यक्तिगत निक्षेपकर्तालाई दिएका छन् भने १०.०३ प्रतिशत ब्याजदर संस्थागत मुद्दति निक्षेपकर्तालाई दिएका छन् ।

राष्ट्र बैंकको निर्देशन भदौदेखि कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ । बैंकहरुले राष्ट्र बैंकको निर्देशन कार्यान्वयनको लागि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १ प्रतिशत बिन्दुले बढाउनुपर्ने वा संस्थागत निक्षेपकर्ताको ब्याजदर १ प्रतिशत बिन्दुले घटाउनुपर्छ ।

निक्षेपमा दिने ब्याजदर मासिक रुपमा मात्र परिवर्तन गर्न सकिनेछ । आगामी महिनाको लागि निक्षेपमा (स्वदेशी तथा विदेशी मुद्रा) लागु हुने ब्याजदरसम्बन्धी सूचना नेपाली महिना शुरु हुनु पूर्व प्रकाशित गरिसक्नुपर्ने छ ।

तर, नेपाल राष्ट्र बैंकले तय गर्ने बैंक दर तथा नीतिगत दर परिवर्तन भएमा तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन गर्न सकिने जनाएको छ । बैंकहरुले विदेशी मुद्रामा १८ प्रतिशतसम्म ब्याजदर दिएपछि प्रकाशित ब्याजदरभन्दा बढी लिन नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

बोलकवोल को आधारमा संकलन हुने मुद्दति निक्षेप (स्वदेशी तथा विदेशी मुद्रा) को हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दु भन्दा बढी नहुने गरी निक्षेप संकलन गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।


क्लिकमान्डु