राष्ट्रिय बीमा कम्पनीको लगानीयोग्य रकमले पुँजी बजारको विकास हुन्छः अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमाशुल्कका रूपमा संकलन गरेको लगानीयोग्य रकमले मुलुकको पुँजी बजारको विकासमा थप योगदान पुग्ने बताएका छन् ।

बीमाशुल्कका रूपमा संकलन गरेको लगानीयोग्य रकमले मुलुकको पुँजी बजारको विकासमा थप योगदान पुर्याउन बीमा कम्पनीको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।

‘सरकारले लिएको बीमाको पहुँच विस्तार गर्ने नीति तथा कार्यक्रमसँग समन्यव हुने गरी कम्पनीले आफ्ना कार्यक्रमहरूमार्फत सरकारको प्रमुख सहयोगीका रूपमा कार्य गर्ने, बीमा दाबी भुक्तानी व्यवस्था सहज र सरल बनाई भुक्तानी सुनिश्चित गर्ने, कृषि तथा लघु उद्यम बीमा व्यवसायमार्फत हरेक समुदायमा बीमाको पहुँच बढाउने विश्वास लिएको छ,’ अर्थमन्त्रीले भने,‘सरकारी र निजी सम्पत्ति उद्योगधन्दा र व्यवापार व्यवसायलाई बीमाको दायरामा ल्याई बीमाको दायरा विस्तार गर्न कम्पनी अग्रसर हुनेछ ।’

राष्ट्रिय बीमा कम्पनी स्थापनाको आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको ९ औं वार्षिकोत्सवको अवसरलाई शुभकामना दिँदै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।


क्लिकमान्डु