कनेक्ट आईपीएसको कारोबार १२७ प्रतिशतले वृद्धि हुँदै ३१ खर्ब पुग्यो




काठमाडौं । मुलुकमा डिजिटल भुक्तानी वृद्धि भइरहेको बेला नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले सञ्चालन गरेको कनेक्ट आईपीएसको कारोबार उल्लेख्य वृद्धि भएको छ ।

एनसीएचएलले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार कनेक्ट आईपीएसबाट भएको कारोबार रकम १२६.५५ प्रतिशतले वृद्धि भएको छ ।

कारोबार रकमको आधारमा हेर्दा गत वर्ष कनेक्ट आईपीएसबाट ३० खर्ब ९३ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जुन गत आर्थिक वर्षको भन्दा १२६.५५ प्रतिशतले बढि हो । गत आर्थिक वर्षमा १३ खर्ब ६५ अर्ब ६२ करोड १० लाख रुपैयाँ बराबरको रकमको कारोबार भएको थियो ।

त्यस्तै, कारोबार संख्याका हिसाबले हेर्ने हो भने १०८.६४ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षमा कनेक्ट आईपीएसबाट ३ करोड ९६ लाख १ हजार ९ सय ७१ पटक कारोबार भएको छ । गत आर्थिक वर्ष यस्तो काराबार नम्बर १ करोड ८९ लाख ८० हजार ७ सय २५ थियो ।

एनसीएचएलले कनेक्ट आइपिएसबाहेक इसीसी, आइपीएस, आइपीएस, नेपालपे क्युआर सेवा पनि उपलब्ध गराएको छ ।


क्लिकमान्डु