सयपत्री हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।

आज कार्यालय समय भित्र मात्रै आवेदन दिन सकिने छ । कम्पनीले साउन १३ गतेदेखि आईपीओ निष्कान गरेको हो ।

कम्पनीले ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गरेकमकम ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको ६ लाख ७० हजार ५८३ कित्तामा सर्वसाधारणले आवेदन दिनसक्नेछन् ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।


क्लिकमान्डु