मन्दाकिनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुने



काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) आज बाँडफाँट हुने भएको छ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालयमा गोलाप्रथाबाट बाँडफाँट हुनेछ । बाँडफाँटको समय मध्यान्न ४ बजे तोकिएको छ ।

आइपीओमा १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँको १६ लाख १० हजार ९२६ जनाले १ करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि आवेदन दिएका थिए । आईपीओमा माग भन्दा साढे १६ गुणा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट हुन लागेको हो ।

कम्पनीले साउन ९ देखि १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँको आइपीओ निष्कासन गरेको थियो । जसमा ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष, २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी १० लाख ९३ हजार ७४९ कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।


क्लिकमान्डु