सेयर बजारमा सामान्य सुधार



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजारमा सामान्य सुधार आएपनि कारोबार रकम भने बढेको छ ।

यो दिन बजार मापन गर्ने सूचक १.१५ अंकले बढेर परिसूचक २१९६.२५ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.९४ अंकले बढेर ४२१.१४ बिन्दुमा रोकिएको छ ।

२१७ कम्पनीको १ करोड ५ लाख १८ हजार ७१२ कित्ता सेयर ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७५६ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । केही समूहको उपसूचकमा भने सुधार देखिएको छ ।

बैंकिङ समूहको ५.७०, जलविद्युत १८.३७, उत्पादन तथा प्रशोधन १०९.१८, टे«डिङ समूहको उपसूचक ७६.२२ अंकले बढेको छ । यस्तै विकास बैंक ५९.४२, वित्त कम्पनीको १.९९, जीवन बीमा १९.५२, माइक्रोफाइनान्स ५८.६८, निर्जीबन बीमा समूहको उपसूचक १९.७७ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्ट रहेको छ । कम्पनीको ३८ करोड ३१ लाख ११ हजार ४२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा हिमालयन डिस्ट्रिलरी र हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट कम्पनी रहेको छ ।


क्लिकमान्डु