आईएमई लाइफका बीमितले अधिकतम ७० रूपैयाँसम्म बोनसदर पाउने



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएसँगै नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले २०७८ असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरूमा कायम हुने गरी बोनसदर निर्धारण गरेको हो ।
कम्पनीकाअनुसार बीमितले बीमा योजना र बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम २० रूपैयाँ र अधिकतम ७० रूपैयाँसम्म बोनसदर पाउँनेछन् ।

कम्पनीको सावधिक जीवन बीमालेखअन्तर्गत बीमितले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ३० रूपैयाँ र अधिकतम ७० रूपैयाँ बोनसदर पाउँनेछन् ।

कम्पनीले ३० र सो भन्दामाथिका बीमा अवधिमा प्रतिहजार ७० रूपैयाँ बोनसदर कायम गरेको छ । जसको लाभ लिने बीमालेखको संख्या ७३ वटा छ ।

सावधिक/अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा बीमितले ० देखि ९ वर्ष अवधिका लागि कम्पनीले ३० रूपैयाँ बोनस दर कायम गरेको छ । उक्त बीमालेख अन्तर्गत २५ वा सो भन्दा माथि अवधिका लागि कम्पनीले ७० रूपैयाँ बोनस दर दिने भएको छ ।


अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा कम्पनीले न्यूनतम ३५ रूपैयाँ र अधिकत ६३ रूपैयाँ बोनसदर कायम गरेको छ । २५ देखि २९ वर्षसम्मका बीमा अवधिका लागि ७० रुपैयाँ बोनस दर तोकेको छ ।

यस्तै वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) बीमा योजनामा सम्पूर्ण बीमा अवधिका लागि कम्पनीले २० रूपैयाँ बोनस दर कायम गरेको छ ।

उल्लेखित बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी, दाबी, समर्पण मूल्य, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जानकारी दिएको छ ।

साथै, कम्पनीका अनुसार आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्मका लागि यही बोनस दर कायम हुने छ ।


क्लिकमान्डु