प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न बोर्डमा पुग्यो घोराही सिमेन्ट



काठमाडौं । घोराही सिमेन्टले प्रिमियम मूल्यमा साधारण सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर निष्कासन गर्ने धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ३ लाख ९७ हजार १९० कित्ता र सर्वसाधारणलाई ७५ लाख ४६ हजार ६११ कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावितलाई स्थानीयलाई १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपैयाँमा सेयर निष्कासन गर्ने भएको छ ।

यस्तै सर्वसाधारणका लागि १०० रुपैयाँ अंकिन मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँमा निष्कासन गरिने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।


क्लिकमान्डु