सुधारको बाटोमा सेयर बजार, बजारसँगै बढ्यो कारोबार रकम



काठमाडौं । सेयर बजार सुधारोन्मुख बाटोमा लागेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ ।

साताको पहिलो दिन आइतबार बजार मापन गर्ने सूचक ५४.५८ अंकले बढेर परिसूचक २१९५.१० बिन्दुमा रोकिएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९.७२ अंकले बढेर ४१९ बिन्दुमा रोकिएको छ ।

२२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४७६ कित्ता सेयर ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २७२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा वित्त समूहको उपसूचक ३१.९३ अंकले घट्दा बाँकी सबै समूहको उपसूचकमा सुधार आएको छ ।

बैंकिङ समूहका उपसूचक ४०.६२, विकास बैंक ३१.५७, जलविद्युत २०.४३, जीवन बीमा ४१२.८९, माइक्रोफाइनान्स ५४.२६, निर्जीबन बीमा समूहको उपसूचक ३७४.०८ बिन्दुमा रोकिएको छ ।

यो दिन १० वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकममा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको २१ करोड ३४ लाख १६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल दूरसञ्चार कम्पनी र एशिएन लाइफ इन्स्योरेन्स रहेको छ ।


क्लिकमान्डु