हिमाल दोलखा हाइड्रोपावरको सेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टिकरण



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।

सेयर कारोबार भइरहेको समयमा सेयरधनीलाई १ः०.७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भन्दै सूचना प्रकाशित गरेकाले कारोबार रोक्का गरेको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार कम्पनीले साउन १३ गते कारोबार समय भित्र सञ्चालन समितिको बैठकले सेयर धनिलाई १ः०.७५ प्रतिशत हकप्रद सेयर दिने विशेष प्रस्ताव २ बजेर ५२ मिनेटमा जानकारी गराएको भन्दै स्पष्टिकरण सोधेको छ ।

साथै तीन दिनका लागि कारोबार रोक्का समेत गरेको छ । तीन दिन भित्र कम्पनीले के कारण नेप्सेको कारोबार समय भित्र सञ्चालन समितिको बैठकले आफ्ना सेयर धनीहरुलाई हकप्रद सेयर दिने विशेष प्रस्ताव गरेको हो ? र सेयरधनी दर्ता किताबको सूचना के कति कारणबाट नेप्सेमा ७ दिन अघि नै जानकारी नगराएको हो ? भन्दै तीन दिन भित्र जवाफ पठाउन भनेको छ ।


क्लिकमान्डु