व्यवसायीलाई अफ्ठ्यारो पार्ने मौद्रिक नीति आयोः गोल्छा



कठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति उद्योगी व्यवसायीहरुको लागि सहज नभएको बताएका छन् ।

शुक्रवार २८औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्ड एशोसिएशन (नेफा) ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । उनले वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने मौद्रिक नीति कसिलो आएकाले व्यवसायीहरुको लागि सहज नभएको बताए । अध्यक्ष गोल्छाले मौद्रिक नीतिले बैंकको ब्याजदर उच्च वृद्धि तथा तरलता अभावलाई अझ बढाउने बताए ।

उनले राष्ट्र बैंकको कसिलो मौद्रिक नीति छोटो समयको लागि मात्रै रहने निजी क्षेत्रले विश्वास गरेको उल्लेख गरे । अध्यक्ष गोल्छाले मौद्रिक नीतिले व्यवसायीहरुलाई सहज नभए पनि औधोगिक उत्पादनको लागि बैंक ब्याजदरमा छुट दिने व्यवस्था उत्साहजनक रहेको बताए । उनले अहिले अर्थतन्त्रमा देखिएका समस्या पनि धेरै लामो समयसम्म नरहने दाबी गरे ।

गोल्छाले आगामी वर्ष ५ प्रतिशतले रेमिट्यान्स बढ्न सके व्यापार घाटा,भुक्तानी सन्तुलन वा शोधानान्तर स्थितिमा सुधार आउने बताए । उनले पछिल्लो ६ महिनामा मात्रै २३० प्रतिशत नेपाली श्रमीक विदेश गइरहेकाले रेमिट्यान्स बढ्नसक्ने बताए । अध्यक्ष गोल्छाले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा वस्तुहरुको मूल्य घट्दै आएकाले नेपालको व्यापार घाटा कम हुने विश्वास रहेको उल्लेख गरे । उनले पछिल्लो ६ महिनाको तथ्याङ्क हेर्दा नेपालमा विदेशी लगानी ७ प्रतिशतले बढेको बताए ।

गोल्छाले कोरोना महामारीको बेला शुन्यमा आएको पर्यटन व्यवसाय अहिले चलायमान भएको भन्दै भिजिट नेपाल २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य अबको एक दुई वर्षमा पूरा हुने बताए भयो ।

उनले भने, ‘अहिलेको समस्यालाई पार लगाउनको लागि भर्खरै नयाँ मौद्रिक नीति आएको छ । मौद्रिक नीति कसिलो भएको छ । मौद्रिक नीति हामी उद्योगी व्यवसायीहरुको लागि सहज हुँदैन । मौद्रिक नीतिले अहिलको भन्दा अझ बढी बैंकिङ ब्याजदरलाई वृद्धि गर्छ । बजारमा विद्यमान रहेको तरलता अभावलाई बढाउँछ । तर हामीलाई के विश्वास छ भने यो नीति छोटो समयको लागि मात्रै हुन्छ । दीर्घकालिन रुपमा अहिलेको आएको मौद्रिक नीतिले सम्बोधन गर्ने निजी क्षेत्रले विस्वास पनि लिएका छौं । अहिले अर्थतन्त्रमा देखिएका समस्याहरु धेरै लामो चल्दैन भन्ने विश्वास लिन सकिन्छ । मौद्रिक नीतिले औधोगिक उत्पादनमा बैंक ब्याजदरमा केही छुट दिने कुरा उत्साहजनक रहेको छ । विश्व बंैकको रिर्पोट हेर्दा यसपालिको डलर ट्रममा रेमिट्यान्स ५ प्रतिशतले बढ्ने छ । हाम्रो रेमिट्यान्सको वेस धेरै ठूलो छ । ५ प्रतिशत रेमिट्यान्स बढ्ने हो भने हाम्रो ब्यापार घाटा,भुक्तानी सन्तुलन वा सोधानान्तर स्थितिमा सुधार आउन सक्छ । पछिल्लो ६ महिनामा मात्रै २३० प्रतिशत नेपाली श्रमिक दाजुभाई दिदिबहिनीहरु नेपालबाट विदेश गइरहेका छन् । यो विषय राम्रो होइन तर उहाँहरु नै अर्थतन्त्रका मेरुदण्ड छन् । उनीहरुले पठाउने रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चल्ने हो । विश्वमा नै पेट्रोलिय पदार्थको डलर मूल्य घटदै गएर ८० डलरमा आउने विज्ञहरुले भनेकाले यसले नेपालको व्यापार घाटालाई कम गर्ने सहयोग पुग्नेछ । आयात हुने वस्तु फलाम,खाद्यान्नको मूल्य अन्तर्राष्ट्रिय र रुपमा घटेकाले हाम्रो व्यापार घाटामा केही भएपनि राहत दिनेछ । अहिलेको समस्या हुनेछैन । पछिल्लो ६ महिनाको तथ्याङ्क हेर्ने हो भने विदेशी लगानी ७ प्रतिशतले बढेको छ । कोरोना महामारीको बेला शुन्यमा आएको पर्यटन व्यवसाय अहिले चलायमान भएको छ । भिजिट नेपाल वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य अबको एक दुई वर्षमा पूरा हुनेछ । पर्यटकहरुले नेपालमा आएर गर्ने खर्चले नेपालको सोधानान्तर स्थिस्ति सुधार हुन्छ भन्ने आशा छ ।’

अध्यक्ष गोल्छाले पछिल्लो समय नेपालको निर्यात उत्साहजन रुपमा बढेको बताए । उनले विद्युत,सिमेन्ट र फलाम जस्ता सामान निर्यात शुरु हुनु अर्थतन्त्र सुधारको सकारात्मक संकेत रहेको बताए । गोल्छाले पछिल्लो समय विश्व बैंक,एशियाली विकास बैंकहरुले नेपालको विकास निर्माणमा लगानी प्रतिवद्धता बढ्दै गएकाले अहिले देखिएको अर्थतन्त्रको समस्या क्रमश सुधार हुने देखिएको बताए । उनले अर्थतन्त्रमा देखिने समस्या दीर्घकालिन रुपमा समाधान गर्नको लागि मुलुकमा उत्पादन बढाएर निर्यात बढाउने र उत्पादनमा लाग्ने कस्ट अफ डुइङ बिजनेस घटाउनु पर्ने बताए ।

अध्यक्ष गोल्छाले राष्ट्रिय उत्पादन बढाउन र उत्पादनमा लाग्ने लागत कम गर्न सकेनौं भने अर्थतन्त्रमा अहिले देखिएका समस्या बारम्बारदेखि रहने दाबी गर्नुभयो । उहाँले सरकारले बनाएका हेरक सुख्खा बन्दरगाहहरुमा रेल्वे सेवा जडान नभएसम्म बन्दरगाहको कुनै अर्थ नभएको बताए । अध्यक्ष गोल्छाले देशैभर बन्ने बन्दरगाहमा रेल्वे सेवा र लजिष्ट्रिक लागत घटाउन नसकेसम्म औद्योगिक उत्पादन पनि बढ्न नसक्ने दाबी गरे ।

उनले भने, ‘अहिले उत्साहजनक रुपमा हाम्रो निर्यात बढेको छ । अब एक्चुअल भ्यालु अडिसन भएका वस्तुहरु निर्यात हुन थालेका छन् । हाम्रो विद्युतको निर्यात उत्साहजनक छ । सिमेन्ट र फलाम लगायत अन्य केही वस्तु निर्यात शुरु भएर सकारात्मक सन्देशहरुको संकेत देखिन थालेका छन् । विश्व बैंक,एशियाली विकास बैंकहरुले नेपालको विकास निर्माणमा देखाएको प्रतिवद्धताले पनि त्यसले पनि अहिले आएको आर्थिक अवस्थाको समस्या छ । त्यसमा क्रमश सुधार हुने छ । तर दीर्घकालिन सुधार गर्न भने जरुरी छ । दीर्घकालिन सुधार गर्नको लागि देशमा उत्पादन बढाएर निर्यात बढाउनु पर्छ । त्यसमा कस्ट अफ डुइङ बिजनेस घटाउनै पर्छ । हामीले यो गर्न सकेनौ भने यस्ता समस्याहरु हामी फेरि भोग्नुपर्ने अवस्था आउनसक्छ । हाम्रो फण्डामेन्टल अर्थतन्त्र रेमिट्यान्समा मात्रै निर्भर रहेको छ । सरकारले अहिले बनाई रहेका हेरक सुख्खा बन्दरगाहहरुमा रेल्वे सेवा जडान तबसम्म त्यस्ता सुख्खा बन्दरगाहको कुनै अर्थ रहँदैन । देशैभर बन्ने बन्दरगाहमा रेल्वे सेवा र लजिस्ट्रिक लागत घटाउन सक्दैनौं तबसम्म औधोगिक उत्पादन पनि बढ्न सक्दैन ।’

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले प्रतिनिधि सभाको बजेट अधिवेशनबाट नै आर्थिक ऐनहरु संसदबाट पास गर्नुपर्ने बताए । उनले धेरै आर्थिक ऐनहरु संसदमा विचाराधिन अवस्थामा रहेको भन्दै यही बजेट अधिवेशनबाट पास गर्नुपर्ने बताए । अध्यक्ष मल्ले अर्थमन्त्री नभएर आर्थिक विधेयकहरु रोकिएको भन्ने सुन्नमा आएकाले उद्योग मन्त्रीले विधेयक पास गर्न सहयोग गर्नुपर्ने बताए ।


क्लिकमान्डु