चन्द्रागिरि केबलकारमा अड्किए इमर्जेन्सी ड्राइभबाट उद्धार गर्ने



काठमाडौं । चन्द्रगिरि केवलकारमा प्रसारणालाइनका कारण अड्किए इमर्जेन्सी ड्राइभबाट उद्धार हुने जनाएको छ । पछिल्लो समय विभिन्न समस्याका कारण यात्रीहरू केबलकार बीचमै अड्किएका घट्ना बारम्बार भएका छन् । धेरै समयसम्ममा गोण्डालामै अड्किँदा समस्या भएको यात्रीहरूले बताएका थिए ।

तर, अबका दिनमा केही कारणवश केबलकार बीचमै अड्किए इमेर्जेन्सी ड्राइभबाट उद्धार गर्ने भएको कम्पनीले जनाएको छ ।

चन्द्रगिरिका अध्यक्ष चन्द्र ढकालले केबलकारमा युरोपियन प्रविधिको प्रयोग भएको बताउँदै सुरक्षित रहेको बताए । उनकाअनुसार टक्नोलोजीमा कहिलेकाहीँ समस्या आउँछ । तर, समस्याको छिट्टै समाधान हुनेछ ।

उनले पहिलो प्रसारण लाइन आएमा सहजै उद्दार गर्ने, प्रसारणलाइन नभएको खण्डमा जेनेरेटरको प्रयोग गरी उद्धार गरिनेछ । साथै, जेनेरेटरमा पनि समस्या आएमा इमेर्जेन्सी ड्राइभद्वारा उद्धार गर्नेछ ।

‘यदि कुनै पनि केबलकारको गोण्डाला बीचमै रोकिएमा कम्पनीले तीन तरिकाबाट उद्धार गर्नेछ,’ उनले भने, ‘पहिलो प्रसारण लाइन, दोस्रो जेनेरेटरको प्रयोग र अर्को भनेको इमेर्जेन्सी ड्राइभबाट उद्धार हुनेछ ।’

कम्पनीसँग १ मेघावाटससहितको जेनेरेटरको व्यवस्था छ । तर, समस्याको बेला जेनेरेटरले पनि काम नगरेको खण्डमा इमर्जेन्सी ड्राइभको सहयोगमा उद्धार हुनेछ ।

उक्त इमर्जेन्सी ड्राइभबाट यात्रीको सहजै उद्धार हुनेछ । तर, समय भने लाग्ने कम्पनीको भनाइ छ ।

कम्पनीअनुसार तल स्टेशनमा आउने यात्रीलाई सहजै उद्धार भएपछि समस्या नआउने भयो । तर, माथि पुगी घुमिसकेपश्चात पनि केबलकार सञ्चालनमा नआएको खण्डमा कम्पनीले रिसोर्टको व्यवस्था गरेको जनाएको छ ।

अध्यक्ष ढकालले यदि लामो समयसम्म केलबकार सञ्चालन हुन नसकेको अवस्थामा कम्पनीले यात्रीहरूका लागि खाने, बस्नेलगायत बस्नको लागि निःशुल्क सुविधा दिने बताए ।

त्यसैगरी, कुनै यात्री घुमेर छिट्टै जानुपर्ने अवस्था सिर्जना भएमा कम्पनीको गाडीले तलका स्टेशनसम्म पु¥याउने व्यवस्था गरेको उनको भनाइ छ ।

संसारमा २० हजारको हाराहारीमा केबलकार छन् । नेपालले पनि विश्वमा भएको उत्कृष्ट प्रविधि प्रयोगबाट बनेको हुनाले यात्रीलाई समस्या नआउने उनले दाबी गरे ।

साथै, कम्पनीले समयमै प्रविधिको समस्याबारे सर्वसाधारणलाई जानकारी दिन नसक्दा समस्या आएको उनले भनाइ छ ।

चन्द्रागिरिका संस्थापक सदस्य अम्बिका पौडेलले विश्वकै उत्कृष्ट प्रविधिको प्रयोगले केबलकार निर्माण भएकाले सुरक्षित रहेको बताए । उनकाअनुसार प्रविधिमा कहिलेकाहीँ समस्या आउँछ । तर, त्यसको तत्काल समाधान हुने गर्दछ ।

कम्पनीका इन्जिनियर सरोज चापागाईंले प्रविधिको समस्याबारे सचेत रहेको बताए । उनले केबलकारमा विभिन्न समस्या आउने भएकाले कम्पनीले सोहीअनुसार सुरक्षित र सहज तरिकाले उद्धार गर्ने गरी कार्य गरिरहेको उल्लेख गरे ।

कम्पनीले आगामी दिनमा मेम्बरसीप कार्डको व्यवस्था गर्ने भएको छ । कम्पनीले उक्त मेम्बरसिप कार्डमा जीपलाइन गर्ने, रिसोर्टमा बस्ने, खानेलगायतका अन्य विविध सुविधा उपलब्ध गराइनेछ ।


क्लिकमान्डु