परराष्ट्र मन्त्रीले भने- एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई साउन ९ गते पठाइएको छ



काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्काले एसपीपी सम्झौता अघि बढाउन नसक्ने भन्दै अमेरिकालाई पत्र पठाइएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा जवाफ दिँदै उनले भने, ‘अमेरिकालाई गत साउन ९ गते नै एसपीपी सम्झौता अघि नबढाउने भन्दै लिखित उत्तर पठाइसकिएको छ ।’
उनले आन्तरिक परामर्श आवश्यक भएकाले पत्राचार हुन केही समय लागेको समेत बताए ।

असार ६ गते मन्त्रिपरिषद बैठकले एसपीपीमा सहभागी नहुने निर्णय गरे पनि पत्रचार भने भएको थिएन । संसदमा यस विषयमा सांसदहरुले कुरा उठाएपछि सभामुख अग्नीप्रसाद सापकोटाले यसबारे जानकारी गराउन आग्रह गरेका थिए ।


क्लिकमान्डु