खुद बीमाशुल्क २७.४२% ले बढाएको रिलायबल नेपाल लाइफले कमायो २७ करोड नाफा



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा खुद बीमाशुल्क २७.४२ प्रतिशतले बढाएको छ ।

गत आवमा इन्स्योरेन्सले ३ अर्ब ७७ करोड १ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो । अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले २ अर्ब ९५ करोड ८९ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ३ अर्ब ९७ करोड ४४ लाख रूपैंया कुल बीमाशुल्क संकलन गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब १ करोड ४७ लाख रुपैंया कुल बीमाशुल्क संकलन गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको कुल बीमाशुल्क ३१.८३ प्रतिशतले वृद्धि भएको हो ।

२७ करोड ४८ लाख ६६ हजार रूपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा २१.६५ प्रतिशतले धेरै हो ।

अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले २२ करोड ५९ लाख ४२ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

गत आवमा कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ४८ करोड ३७ लाख रूपैयाँ र बीमालेखको धितोमा कर्जाबाट ३८ लाख रूपैयाँ आम्दानी गरेको छ ।

अघिल्लो आवमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट ३६ करोड ९१ लाख रूपैयाँ र बीमालेखको धितोमा कर्जाबाट ७ लाख रूपैयाँ आम्दानी गरेको थियो ।

गत आवमा इन्स्योरेन्सले अभिकर्ता कमिशन शिर्षकमा ५७ करोड ६९ लाख रूपैयाँ खर्च गरेको छ । अघिल्लो आवमा यस शिर्षकमा कम्पनीले ४२ करोड ७६ लाख रूपैयाँ खर्च गरेको थियो ।

इन्स्योरेन्सले गत आर्थिक वर्षमा १० हजार ३८ वटा दाबी वापत १ अर्ब १७ करोड ४६ लाख ७५ हजार रूपैंया कुल दाबी भुक्तानी गरेको छ । कम्पनीले अघिल्लो आवमा ८ हजार ६४ वटा दाबी वापत ७५ करोड ५ लाख १८ हजार रूपैंया भुक्तानी गरेको थियो ।

भुक्तानी हुन बँकी दाबी रकम र संख्या शून्य छ ।

१ अर्ब ४० करोड रुपैंया चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा १ अर्ब ९ करोढ ९ लाख रूपैंया सञ्चित छ भने जीवन बीमा कोषमा ४ अर्ब ६० करोड ४९ लाख रूपैयाँ छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १९.६३ रूपैयाँ छ ।


क्लिकमान्डु