आरती ब्रान्डमा स्टीलजन्य सामग्री बेच्ने आरती स्ट्रिप्सको आम्दानी वर्षको साढे १३ अर्ब



काठमाडौं । आरती ब्रान्डमा स्टीलजन्य वस्तु बिक्री गर्ने आरती स्ट्रिप्स प्रालिले सन् २०२१ मा साढे १३ अर्बको कारोबार गरेको छ ।

केयर रेटिङ एजेन्सीअनुसार कम्पनीले सन् २०२१ मा १३ अर्ब ६१ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ ।

कम्पनीले सन् २०२० मा १२ अर्ब ३२ करोड रुपैयाँ र सन् २०१९ मा १६ अर्ब ९९ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले सन् २०२१ मा १०.५२ प्रतिशतले आम्दानी बढेको जनाएको छ ।

त्यसैगरी, कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा १० अर्ब ११ करोड ७० लाख रुपैयाँको व्यापार गरेको उल्लेख छ । साथै, सो अवधिमा १३.९३ प्रतिशतले नाफा कमाएको छ । जसमा कम्पनीले १ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको छ ।

विगत १६ वर्षदेखि निरन्तर नेपाली बजारमा ग्याल्भनाइज र ६ वर्षदेखि कलर कोटेड आइरन सिट्स उत्पादन गर्दै आएको कम्पनीले गत वर्ष उच्च कारोबार गर्र्दै आएको छ ।

कम्पनीले बजारमा कलर कोटेड सिट्स ‘आरती स्पेक्ट्रा’ ब्रान्डमा, ग्याल्भानिज्ड सिट्स र एमएस पाइप ‘आरती सुरक्षा’ ब्रान्डमा, ‘आरती परफेक्ट’ र ‘आरती टाइगर’ ब्रान्डमा टीएमटी बार बिक्री वितरण गर्दै आएका छन् । कम्पनीअनुसार ग्लाल्भालुम सिट्स ‘आरती सिल्भर’ ब्रान्डमा बिक्री गर्दै आएका छन् ।

नेपालभर २०० डिलर रहेको कम्पनीले आइरन र प्रोफाइल सिट्स, एमएस टुब र सटर पत्ति उत्पादन गर्दै आएका छन् ।

कम्पनीले हाल १५ लाख मेट्रिक टन उत्पादन क्षमतामा कोल्ड कोलिङ मिल विस्तार गरेको छ । कम्पनीने सीआर कोइला भारत चीनबाट आयात गरी उत्पादन गर्दै आएका छन् ।

कम्पनीअनुसार दुई वटा ग्यालभनाइजको क्षमता ५५÷५५ हजार मेट्रिक टन रहेको छ भने ग्यालभलुमको क्षमता १० लाख मेट्रिक टन रहेको छ ।
कम्पनीले एचआर कोयल्स, अल्मोनियमलगायत अन्य विभिन्न कच्चा पदार्थ भारत र चीनबाट आयात गर्दै आएका छन् ।

मोरङमा उद्योग रहेको उक्त कम्पनीको वार्षिक स्टीलजन्य सामग्री उत्पादन गर्ने क्षमता २ लाख ३५ हजार मेट्रिक टन रहेको छ ।

केयर रेटिङ नेपालले कम्पनीलाई अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ११ अर्ब ७६ करोड ९४ लाख रुपैयाँको रेटिङ गरेको छ ।

जसमा कम्पनीलाई दीर्घकालीन कर्जाका लागि २ अर्ब ४८ करोड ९४ लाख रुपैयाँ अर्थात् ट्रिपल बी माइनस र अल्पकालीन कर्जाका लागि ९ अर्ब २८ करोड रुपैयाँ अर्थात् एथ्री रेटिङ दिएको छ ।


क्लिकमान्डु