वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवार र संगठित क्षेत्रलाई स्वास्थ्य बीमामा आवद्ध गरिँदै



काठमाडौं । सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवार र संगठित क्षेत्रलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने भएको छ ।

स्वास्थ्य बीमा ऐन र नियमावलीमा गरिएको व्यवस्थाबमोजिम सरकारले चालु आर्थिक वर्षभित्रै वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवार र संगठित क्षेत्रलाई स्वास्थ्य बीमामा आवद्ध स्वास्थ्य बीमामा आवद्ध गर्ने भएको हो ।

सरकारले संगठित क्षेत्रबाट स्वास्थ्य बीमा गर्ने कार्यलाई स्वास्थ्य बीमा बोर्डमा कार्यरत कर्मचारीबाट यसको शुरूवात गर्ने भएको छ ।

सरकारले स्वास्थ्य बीमा नियमावली जारी गर्दै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गर्न निवेदन दिँदा नै स्वास्थ्य बीमाको परिचयपत्र पनि पेस गर्नुपर्ने व्यवस्था गरेको छ  ।

बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले चालु आर्थिक वर्षभित्रै स्वास्थ्य बीमा ऐन र नियमावलीमा गरिएको व्यवस्थाबमोजिम वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवार र संगठित क्षेत्रलाई स्वास्थ्य बीमामा आवद्ध गर्न पहल गरिने बताए ।

बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ ले निर्दिष्ट गरेअनुसार ‘वैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने कार्यविधि, २०७८’ स्वीकृत गरेको छ ।

कार्यान्वयनका लागि श्रम मन्त्रालयसँग समन्वयन भईरहेको उनको भनाइ छ । कार्यविधि स्वीकृत गरी कार्यान्यनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग आवश्यक छलफल भइरहेको उनले बताए ।

नेपालको संविधानको धारा (५१) को उपधारा ज (१५) मा ‘नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने’ व्यवस्था गरेको छ ।

त्यस्तै, स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ९३० को उपदफा ९४० मा ‘वैदेशिक रोजगारीमा जाने कामदारको परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनुपर्नेछ’ भनी उल्लेख गरिएको छ ।

बोर्डले तयार पारेको ‘वैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने कार्यविधि, २०७८’ मा वैदेशिक रोजगारमा जाने प्रत्येक व्यक्तिले वैदेशिक रोजगारमा जाने अनुमति लिंदा परिवारको स्वास्थ्य बीमाको अद्यावधिक परिचय पत्र पेश गर्नुपर्ने उल्लेख छ ।

यस कार्यक्रममा आवद्ध हुन सम्बन्धि व्यक्तिले नजिकको दर्ता सहयोगी सहयोगी वा अनलाईन माध्यमबाट बीमित हुन सक्नेछन् ।

वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि स्वास्थ्य बीमा बोर्डले वैदेशिक रोजगार विभागसँग समन्वय गरी श्रम स्वीकृती दिने कार्यालयहरूमा स्वास्थ्य बीमा कार्यक्रममा आवद्धता हुने व्यवस्था मिलाउनुपर्ने उक्त कार्यविधिमा उल्लेख छ ।

कार्यविधअनुसार वैदेशिक रोजगारमा गएका व्यक्तिको परिवारको बीमालेख नवीकरण बीमालेखको म्याद समाप्त हुनु १ महिना अगावै गर्नुपर्ने छ ।


क्लिकमान्डु