युनिलिभर ब्रान्डका कस्मेटिक बेच्ने लाइफ केयरको एक वर्षको आम्दानी ४ अर्ब



काठमाडौं । युनिलिभर ब्रान्डको विभिन्न कस्मेटिक वस्तु बिक्री गर्ने लाइफ केयर डिस्ट्रिब्यूटर प्रालिले एक वर्षमा ४ अर्बको व्यापार गरेको छ ।

विभिन्न देशबाट वस्तु आयात गरी नेपाली बजारमा बिक्री गर्दै आएको कम्पनीले सन् २०२१ मा ४ अर्ब २० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२० मा २ अर्ब २६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०१९ मा २ अर्ब २ करोड ५० लाख रुपैयाँको व्यापार गरेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

कम्पनीले बजारमा विभिन्न उत्पादन भएका वस्तु टबलेरन, युनिलिभरको पुरुषको सामग्री, कपालको सामग्री, ओरल केयर, पर्सनल हाइजिन, स्किन केयरजस्ता वस्तु आपूर्ति गर्दै आएको छ ।

कम्पनीअनुसार सन् २०२१ मा ७६ प्रतिशतले बढी व्यापार गरेको छ । कोरोना महामारीका कारण २०२० मा कम भएको कारोबार गत वर्ष उच्च व्यापार गरी ६.५२ प्रतिशतले नाफा कमाएको छ ।
कम्पनीले सन् २०२१ मा १७ करो ९० लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सन् २०२० मा २ करोड ५० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

तर, सन् २०२० मा तरलता अभावका कारण उक्त वस्तुको आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । साथै, भन्सार दर पनि बढाएको हुनाले आगामी दिनमा उक्त वस्तुको मूल्य बढ्ने कम्पनीको भनाइ छ ।

त्यसैगरी, कम्पनीले बोनभिटा, क्याडबरी र अन्य चकलेट पनि बिक्री वितरण गर्दै आएका छन् । सन् २०२१ मा व्यापार गरेकोमध्ये उक्त वस्तुको हिस्सा ३१ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले २ वटा एफएमसीजी कम्पनीमार्फत् उत्पादन गर्दै आएको १०० भन्दा बढी वस्तु विश्वमा बिक्री वितरण गर्दै आएका छन् ।

जमुना अग्रवाल र शौरभ गर्गले व्यवस्थापन गर्दै आएको यस कम्पनीले केयर रेटिङमार्फत् १ अर्ब ६५ करोड रुपैयाँको अल्पकालीन कर्जाको लागि रेटिङ गराएको छ । जसमा कम्पनीलाई एथ्री रेटिङ दिएको छ ।


क्लिकमान्डु