मर्जरमा जाने संस्थाको सेयर कारोबार रोक्का हुने नीति हटाउने धितोपत्र बोर्डको घोषणा



काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजेशनमा जाने संस्थाको सेयर किनबेच एकीकृत कारोबार नहुँदासम्म नहुने नीति हट्ने जनाएको छ ।

बोर्ड अध्यक्ष रमेश कुमार हालले १० दिनभित्रमा मर्जर तथा प्राप्ति सम्बन्धि निर्देशिका जारी गर्ने र २० दिनमा कार्यान्वयन गर्ने जानकारी दिए ।

नेपाल राष्ट्र बैकले चालु आवको मौद्रिक नीति ल्याउदा मर्जर तथा प्राप्तिको समयमा सेयर कारोबार रोक्का गर्ने काम धितोपत्र बोर्डको नियम अनुसार हुने नीति ल्याएको थियो ।


क्लिकमान्डु