तीन बीमा कम्पनीले सार्वजनिक गरे नयाँ बोनसदर, कुनको कति ?



काठमाडौं । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये ३ वटा कम्पनीले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेका छन् ।

अमेरिकन लाइफ इन्स्योरेन्स (मेट लाइफ), एशियन लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेका हुन् ।

आर्थिक वर्ष २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपश्चात् यी कम्पनीहरूले बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका हुन् ।
२०७८ असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरूमा लागू हुने गरी बोनस दर सार्वजनिक गरेका हुन् ।

मेट लाइफ इन्स्योरेन्सका बीमितले न्यूनतम ४५ रूपैयाँदेखि अधिकतम ८० रूपैयाँसम्म बोनस दर पाउने भएका छन् । ज्योति लाइफका बीमितले न्यूनतम २० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म बोनस दर पाउने भएका छन् । यस्तै, एशियन लाइफका बीमितले प्रतिहजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म पाउने छन् ।

मेट लाइफले सावधिक जीवन बीमालेख अन्तर्गत बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रूपैयाँ बोनस दर कायम गरेको छ ।

यस बीमा योजनामा २० वा सो भन्दा माथि बीमा अवधिका लागि ८० रुपैयाँ बोनस दर कायम गरिएको कम्पनीले जानकारी दिएको छ ।

१ देखि ५ वर्ष बीमा अवधिका बीमालेखमा कम्पनीले प्रतिहजार ६० रुपैयाँ र १६ देखि २० वर्षे बीमा अवधिका बीमालेखमा प्रतिहजार ७० रुपैयाँ बोनस दर कायम गरेको छ ।

शिक्षा संरक्षण बीमालेखमा बीतिमले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६० देखि ७० रूपैयाँसम्म बोनस दर पाउने छन् ।

यस्तै, कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेखमा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ४५ रुपैयाँ रअधिकतम ६५ रूपैयाँ बोनसदर कायम गरेको छ । यस बीमा योजनामा २१ वा सो भन्दा माथिका बीमा अवधिका लागि कम्पनीले ६५ रूपैयाँ बोनस दर निर्धारण गरेको छ ।

ज्योति लाइफ इन्स्योरेन्सले सावधिक तथा आजीवन बीमा योजनामा कम्पनीले २५ र सोभन्दा माथिका बीमा अवधिका लागि ७५ रूपैयाँ बोनस दर कायम गरेको छ ।

कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रूपैयाँ बोनस दर कायम गरेको छ ।

यस बीमा योजनामा २५ वा सो भन्दा माथि बीमा अवधिका लागि ७५ रूपैयाँ बोनस दर कायम गरिएको कम्पनीले जानकारी दिएको छ ।

९ वर्षे बीमा अवधिमा ४३ रूपैयाँ, १० देखि १४ वर्षे बीमा अवधिमा ४५ रूपैयाँ र १५ देखि २४ वर्षे बीमा अवधिमा ५५ रूपैयाँ बोनस दर कायम भएको छ ।

सावधिक तथा आजीवन बीमालेखअन्र्तगत ९ वर्षे बीमा अवधिका लागि ४३ रूपैयाँ र १० देखि १४ वर्षसम्म ४५ रूपैयाँ बोनस दर निर्धारण गरिएको छ अग्रिम भुक्तानी बीमा योजनामा बीमितिले १० देखि १४ वर्ष अवधिमा ४३ रूपैयाँ, १५ देखि १९ वर्षे अवधिमा ४५ रूपैयाँ र २० देखि २४ वर्षे बीमा अवधिमा ५० रूपैयाँ बोनस दर पाउने छन् ।

यस्तै, ज्योति ईजी पे जीवन बीमा योजना अन्र्तगत कम्पनीले न्यूनतम २० रूपैयाँदेखि अधिकतम ३० रूपैयाँ बोनस दर कायम गरेको छ ।

यस बीमा योजनामा १० देखि १४ वर्षे बीमा अवधिका लागि इन्स्योरेन्सले २० रूपैयाँ, १५ देखि १९ वर्षे बीमा अवधिका लागि २५ रूपैयाँ र २० देखि २४ वर्षसम्म ३० रूपैयाँ बोनस दर निर्धारण गरेको छ ।

एशियन लाइफको सावधिक तथा आजीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रतिहजार न्यूनतम ५० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँ, बालबालिका सावधिक जीवन बीमामा न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ६० रूपैयाँ, सावधिक जीवन बीमालेखमा न्यूनतम ४० रुपैयाँदेखि ६० रूपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा ५० रूपैयाँ देखि ७० रूपैयाँ बोनस पाउने भएका छन् ।


क्लिकमान्डु